समाज कल्याण परिषद्को सदस्य-सचिव र कोषाध्यक्षमा पुरानैलाई दोहोऱ्याउने तयारी
काठमाडौं। नयाँ ‘जेन-जी’ सरकार आएपनि पुरानैलाई नियुक्ति दिलाउने कोशिश हुन थालेको छ। ‘जेन-जी’ सरकारले पुरानै सत्ताका प्रिय पात्रहरूलाई नियुक्तिमा प्राथमिकता दिन थालेको भन्दै ‘जेन-जी’हरू आक्रोशित हुन थालेका छन्।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको आशिर्वाद पाएर समाज कल्याण परिषद्को सदस्य-सचिव भएका मनोज भट्ट र कोषाध्यक्ष विनय लामालाई ‘जेन-जी’ सरकारले दोहोऱ्याउन खोजेपछि ‘जेन-जी’हरू आक्रोशित भएका हुन्।
४ वर्षे कार्यकाल सकिएको भोलिपल्टै फेरि ४ वर्षका लागि उनीहरूलाई दोहोऱ्याउने कोशिस भएपछि ‘जेन-जी’हरूमा असन्तुष्टि देखिन्छ। विभिन्न बेथितिमा मुछिएका उनीहरूलाई समाज कल्याण परिषद्मा दोहोऱ्याउन खोजेपछि ‘जेन-जी’हरूले सरकारको ध्यानाकर्षण समेत गराएका छन्। तर, उनीहरू नै दोहोरिने भए भन्दै अहिले समाज कल्याण परिषद्मा भोज चलिरहेको त्यहाँ कार्यरत कर्मचारीहरू सुनाउँछन्।
सोमबारबाट ४ वर्षे कार्यकाल सकिएका समाज कल्याण परिषद्का सदस्य सचिव भट्ट मंगलबार पनि कार्यालयमा उपस्थित भएर धमाधम काम गरिरहेका छन्। ‘ब्याक-डेट’मा फायल हस्ताक्षर गर्न थालेपछि कर्मचारीहरू भागाभाग भएका छन्। उनी फेरि दोहोरिए आउने निश्चित भएको भन्दै कर्मचारीमाथि हैकम जमाउन थालेको परिषद्का कर्मचारीहरू सुनाउँछन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस