ओली सरकारले सचिव बनाउँदा अन्याय गरेका सुमनलाई ‘जेन-जी’ सरकारले मुख्यसचिवमा ल्याउला?


काठमाडौं। यसपटकको संयोग पनि अनोठौं छ। केपी शर्मा ओलीलाई हटाएर सुशिला कार्कीको नेतृत्वमा सरकार बनेको छ। ओलीले नै अन्याय गरेका सुमनराज अर्याल मुख्यसचिवको प्रतिस्पर्धामा छन्।  तात्कालीन प्रधानमन्त्री ओलीले सचिव बढुवामा अन्याय गरेका सुमनराज अर्याल मुख्यसचिवको प्रतिस्पर्धामा ‘सिनियर’ बनेका हुन्। तत्कालीन ओली नेतृत्वको सरकारले १ नम्बरमा सिफारिस भएका सुमनराज अर्याललाई अन्याय गर्दै भरतमणि सुवेदीलाई सचिवमा बढुवा गरेको थियो। अहिले सुवेदीले मैदान छाडेर हिँडिसकेको र ओली हटाएर ‘जेन-जी’ सरकार बनेकाले अर्यालले न्याय पाउने सम्भावना बढेको हो।

तत्कालीन लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले सचिव बढुवाका लागि पहिलो नम्बरमा सुमनराज अर्याल, दोस्रो नम्बरमा भरतमणी सुवेदी र तेस्रो नम्बरमा मुकुन्दप्रसाद पौड्यालको नाम सिफारिस गरेको थियो। तर, ओली नेतृत्वको सरकारले २०७७ साल पुस २९ गते दोस्रो नम्बरमा सुवेदीलाई सचिवमा बढुवा गरेर अर्याललाई अन्याय गऱ्यो। लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकरप्रसाद पोखरेलको जोडबलमा दुई नम्बरी सुवेदी सचिवमा बढुवा भएका थिए।

मुख्यसचिव भएपछि संस्कृति महाशाखा प्रमुख हुँदाको केस ब्यूँतिने सम्भावाना देखेपछि सुवेदीले कार्यकाल छँदै पदबाट राजीनामा दिएका छन्। उनी पदम बहाल रहेको भए अर्यालको मुख्यसचिव बन्ने सम्भावना न्यून थिए। तर, अर्याललाई अन्याय भएको कुरा ‘भगवान पशुपतिनाथलाई थाहा भएर हुनुपर्छ’ सुवेदी बाटो छाड्दिन बाध्य भए। सुवेदीले बाटो खाली गरिदिएसँगै अर्यालको मुख्यसचिव हुने सम्भावना एकाएक बढेको हो।

मुख्यसचिव एकनारायण अर्यालले मंसिर ९ गते कर्सी छाड्दैछन्। उनले छाडेको कुर्सीमा बस्न रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याल, खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, राष्ट्रिय तथ्याङ्क कार्यालयका मधुसुदन बुर्लाकोटी, श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्कर कर्ण र वाणिज्य तथा आपूर्ति सचिव रामप्रसाद घिमिरे  लिगलिगे दौडमा रहेका छन्। न्यायमूर्ति सुशिला कार्कीले सरकारको नेतृत्व गरेकाले अन्यायमा परेका सुमनलाई न्याय मिल्ने सम्भावना देखिन्छ। सुशिलाले सकेसम्म कसैलाई अन्याय हुन नदिने गरी काम गर्न जोड दिइरहेकी छिन्। त्यसैले मुख्यसचिवमा सुमनले न्याय पाउने सम्भावना बढेको प्रधानमन्त्री निकट स्रोत बताउँछ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ