को मुख्यसचिव बन्दा कुन सचिवलाई लाभ?
काठमाडौं। मुख्यसचिव एकनारायण अर्याल घर गएसँगै मुख्यसचिवका प्रतिस्पर्धा निकै बढेको छ। अहिले मुख्यसचिव बन्ने मात्र होइन त्यसपछि बन्ने मुख्यसचिव पनि हिसाब गरेर लबिइङमा लाग्न थालेका छन्।
अहिले मुख्यसचिवको प्रतिस्पर्धामा रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याल, खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, मधुसुदन बुर्लाकोटी र कृष्णहरि पुष्कर कर्ण रहेका छन्। राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडी मुख्यसचिव एकनारायण अर्यालसँगै घर जाने भएपछि उनी ‘रिङ आउट’ भएका हुन्।
रक्षा सचिव सुमनराज अर्याल मुख्यसचिव भए त्यसपछि मुख्यसचिवको लाइनमा सचिवहरू किरणराज शर्मा, हरिप्रसाद मैनाली, गोविन्दप्रसाद शर्मा, डिल्लीराम शर्मा र राजकुमार श्रेष्ठ रहनेछन्।
सुमनराज अर्याल २०८३ असार २६ गते अवकाशमा जाँदा प्रमिलादेवी बज्राचार्य शाक्य, मधुसुदन बुर्लाकोटी र कृष्णहरि पुष्कर कर्ण घर गइसकेका हुनेछन्। त्यसपछि सचिवहरू किरणराज शर्मा, हरिप्रसाद मैनाली, गोविन्दप्रसाद शर्मा, डिल्लीराम शर्मा र राजकुमार श्रेष्ठ मुख्यसचिवको प्रतिस्पर्धामा आउनेछन्।
मधुसुदन बुर्लाकोटी मुख्यसचिव भए त्यसपछि गोपालप्रसाद सिग्देल, रविलाल पन्थ, कृष्णबहादुर राउत, रामेश्वर दंगाल र मुकुन्दप्रसाद निरौला मुख्यसचिवको प्रतिस्पर्धामा आउनेछन्। बुर्लाकोटी २०८३ भदौ २७ गतेसम्म मुख्यसचिव पदमा बहाल रहँदा सचिवहरू किरणराज शर्मा, हरिप्रसाद मैनाली, गोविन्दप्रसाद शर्मा, डिल्लीराम शर्मा र राजकुमार श्रेष्ठ घर गइसकेका हुनेछन्।
प्रमिलादेवी शाक्य बज्राचार्य र कृष्णहरि पुष्कर कर्णमध्ये १ जना मुख्यसचिव भए सरिता दुवाडी, गोविन्दबहादुर कार्की, मदन भुजेल, वीरेन्द्रकुमार यादव, चन्द्रकला पौडेल, शोभाकान्त पौडेल, भूपाल बराल मुख्यसचिवको प्रतिस्पर्धामा आउनेछन्।
बज्राचार्य र कर्णले ३ वर्षै मुख्यसचिव खाने भएकाले दिपक काफ्ले, घनश्याम उपाध्याय, दिनेशकुमार घिमिरे, नारायणप्रसाद शर्मा दुवाडी, लक्ष्मीकुमारी बस्नेत, राधिका अर्यालहरू घर गइसकेका हुनेछन्। सुमनपछि किरण, हरि, डिल्लीरामहरू मुख्यसचिव हुँदा त्यसपछि घनश्याम उपाध्याय, दिनेशकुमार घिमिरे, नारायण दुवाडीहरूले मुख्यसचिवमा ‘चान्स’ पाउने देखिन्छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस