लुम्बिनी प्रदेशमा रोशनलाल चौधरी र डा. होदा ११ औँ तहमा बढुवा


लुम्बिनी । लुम्बिनी प्रदेश लोक सेवा आयोगको सिफारिस तथा बढुवा समितिको निर्णयअनुसार ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा दुई जना स्वास्थ्यकर्मी ११ औँ तहमा बढुवा भएका छन्।

स्वास्थ्य निर्देशनालय, लुम्बिनी प्रदेशमा कार्यरत निमित्त निर्देशक रोशनलाल चौधरी र लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा कार्यरत मेडिकल जनरलिस्ट डा. मोहम्मद नुरुल होदा ११ औँ तहमा बढुवा भएका हुन्।

उनीहरू दुवै सुशासन प्रवर्द्धन, गुणस्तरीय स्वास्थ्य सेवाको अभिवृद्धि तथा स्वास्थ्य संस्थाको संस्थागत सुदृढीकरणमा सक्रिय रूपमा योगदान पुर्‍याउँदै आएका स्वास्थ्यकर्मीका रूपमा चिनिन्छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ