अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रकी लेखा अधिकृत रोशना प्रधानमन्त्री कार्यालयलाई चुनौती दिँदै चढ्छिन् गाडी
काठमाडौं। जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रकी लेखा अधिकृत रोशना अधिकारी अझै पनि चारपाङ्ग्रे गाडीमा हुँइकिरहेकी छिन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सहसचिवभन्दा मुनिका कर्मचारीले चढिरहेको गाडी खोस्न निर्देशन दिएको थियो। तर, लेखा अधिकृत अधिकारी आज पनि चारपाङ्ग्रे गाडीमा चढेको भेटिएको हो।तस्विरले नै उक्त कुरा प्रस्टै बोल्छ।
दुई वर्ष अघि विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको लेखा अधिकृत भएकी रोशनाले प्रणाली लागू नगर्दा सम्पत्तिको जलेर ध्वस्त भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आम्दानी र खर्चको यथार्थ विवरण नै गायब भएको छ। विद्युतीय सरकारी लेखा प्रणाली (सिगास) समेत प्रयोग नगरी ६ महिनासम्म भुक्तानीको म्याद हुने गरी चेक काट्ने गरेको पाइन्छ। उनले खर्च प्रणालीको लोकल सर्भर पनि नवीकरण नगरी अपारदर्शी र अनियमित तरिकाले काम गरिरहेको खुल्न आएको हो। तर, तोकिएको जिम्मेवारी पूरा नगरेकी लेखा अधिकृत अधिकारी अनधिकृत गाडीमा मस्ती गरिरहेको देखिन्छ।
लेखा अधिकृत रोशना अधिकारी ड्राइभरसहित गाडी प्रयोग गर्दै आएकी छिन्। केन्द्रका एक कर्मचारीका अनुसार सवारीचालक विनोद अधिकारीले हाँक्ने गरेको बागमती प्रदेश-०१-००२ झ ७२४८ नम्बरको फोटोनको गाडी लेखा अधिकृत अधिकारीले अनधिकृत रूपमा प्रयोग गर्दै आएकी छिन्। कानुनले सहसचिव र सोभन्दा माथिल्लो पदमा कार्यरत कर्मचारीले मात्र सवारी सुविधा लिन पाउने व्यवस्था गरेको छ। तर, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रकी लेखा अधिकृत अधिकारीले ड्राइभरसहितको गाडी प्रयोग गरिरहे पनि कसैले एक्सन लिन सकेको छैन।
कमल थापाको नाममा राखेर उक्त गाडी लेखा अधिकृत अधिकारीले चढ्ने गरेको केन्द्रका कर्मचारीहरू बताउँछन्। सवारी चालक विनोद अधिकारीले नियमित जस्तो गुहेश्वरीबाट बानेश्वरसम्म लेखा अधिकृत अधिकारीलाई उक्त गाडीमा ल्याउने-लाने गर्दै आएका छन्। उनले आवश्यकता अनुसार उक्त गाडी दुरूपयोग गर्दै आएकी छिन्। समितिका कार्यकारी निर्देशक नारायणप्रसाद मैनालीले लेखा अधिकृत अधिकारीलाई संरक्षण गर्दै आएकाले उनले कार्यालयको स्रोत साधन व्यापक दुरूपयोग गर्दै आएको आरोप लागेको हो।
समिति स्रोतका अनुसार लेखा अधिकृत अधिकारीले टिभिएसको ६२५३ नम्बरको टिभिएसको वेगो स्कुटर समेत घर लिएर गएकी छिन्। उनले उक्त स्कुटर घरायसी प्रयोजनका लागि प्रयोग गरेर नियमित रूपमा कार्यालय गाडीमा ओहोरदोहोर गर्ने गरेको पाइएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आफ्नो नातेदार रहेको धाक लगाउदै लेखा अधिकृत अधिकारीले गाडी चरम दुरूपयोग गरेको खुल्न आएको छ। नातावाद, कृपावादविरूद्ध कठोर रूपमा अभिएको रास्वपाले नातेदार सांसद देखाएर सरकारी गाडी दुरूपयोग गर्ने लेखा अधिकृत अधिकारीमाथि एक्सन लिन जरूरी छ।
क्याटेगोरी : समाचारट्याग : #रोशना अधिकारी लेखा अधिकृत


तपाईको प्रतिक्रिया दिनुहोस