भ्रष्टाचार मुद्दा खेपिरहेका झमलकराम सहकारी बेथितिमा कारबाही सिफारिस


काठमाडौं। भ्रष्टाचार मुद्दा खेपिरहेका झलकराम अधिकारी सहकारी बेथितिमा कारबाही सिफारिस भएका छन्। ७० लाख घूस लेनदेनमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा खेपिरहेका अधिकारीले कानुनविपरीत सहकारीको शाखा विस्तार गरेपछि कारबाही सिफारिस भएका हुन्।

उच्च विनोदप्रसाद शर्मा नेतृत्वको सहकारीमा भएको बेथिति जाँचबुझ आयोगले अधिकारीमाथि विस्तृत अनुसन्धान गर्न भनेको छ। अधिकारी सहकारी विभागको रजिष्ट्रार भएका बेला सहरा मल्टिपर्पास को-अपरेटिभ सोसाइटी लिमिटेडको सेवा केन्द्र विस्तार गर्न स्वीकृति दिएको देखिन्छ। छनौट गरेर हेरेका सहकारीमा अधिकारीको संलग्न देखिएपछि उक्त आयोगले उनीमाथि विस्तृत अनुसन्धान गर्न सिफारिस गरेको हो।

सर्लाही मलंगवा ठेगाना भएको सहारा मल्टिपर्पास को-अपरेटिभ सोसाइटी लिमिटेडलाई तत्कालीन रजिष्ट्रार अधिकारीसहित उपरजिष्ट्रार खिमानन्द आचार्य र शाखा अधिकृत सन्देशप्रसाद जोशीले संलग्न रहेको आयोगको ठहर छ । उनीहरूले सर्लाही मलंगवा ठेगाना भएको सहारा मल्टिपर्पास को-अपरेटिभ सोसाइटी लिमिटेडलाई सर्लाहीको पर्सा, गोरेता, हरिवन, वयरवा, महोत्तरीको गौशाला, बाराको निजगढ, कोलबी सिमरा, मकवानपुरको हेटौंडा, चितवन र रौतहटको कटहरिया गरी १० ठाउँमा सेवा केन्द्र विस्तार गर्न स्वीकृति दिएको आयोगले जनाएको छ।

झमकराम अधिकारी अध्यागमन विभागको महानिर्देशक हुँदा जीवी राईको पासपोर्ट र यात्रा अनुमति फुकुवा गरिदिएका थिए। उनी सहकारीको बेथितिमा मुछिएका छन्। ६० किलो सुन तस्करीमा पनि झलकरामको नाम मुछिएको थियो। राजस्व अनुसन्धान विभागको महानिर्देशकदेखि अध्यागमनसम्म पुग्दा विवादकै विवादले घेरिएका झलकराम सहकारीको सेवा केन्द्र विस्तारमा समेत जोडिएका छन्।

सहकारी विभागका पूर्वरजिष्ट्रारहरू झलकराम अधिकारी, डा. टोकराज पाण्डे, रुद्रप्रसाद पण्डित र सुदर्शनप्रसाद ढकालमाथि विस्तृत छानबिन गर्न सहकारीमा भएको बेथिति जाँचबुझ आयोगले सिफारिस गरेको छ। मन्त्रिपरिषद्को बैठकले उक्त प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरिसकेको छ। यस्तो अवस्थामा भ्रष्टाचार मुद्दा खेपिरहेका अधिकारीलाई अर्को मुद्दा थपिने सम्भावना उत्तिकै देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #झमलकराम अधिकारी, #सहकारीमा भएको बेथिति जाँचबुझ आयोग

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ