गृहमा सुदनको ‘कमब्याक’: दरबार हत्याकाण्डको फाइल खोल्नेदेखि सिआईबीलाई बलियो बनाउनेसम्मका निर्णय
काठमाडौं। पुनः गृहमन्त्री बनेका सुदन गुरूङले २०५८ सालको दरबार हत्याकण्डको फाइल पुन: खोल्ने निर्णय गरेका छन्। गृहमन्त्री गुरुङले पदबाहली गर्दै उक्त निर्णय गरेका हुन्।
मन्त्री गुरूङले केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)लाई अझै बलियो बनाउने र छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुङ्गो लगाउने तथा हरेक फाइल खोल्ने निर्णय गरेका छन्। जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने बिषयमा अध्यन गर्ने समेत उनको भनाइ छ।
गृहमन्त्री गुरुङले पदभार सम्हाल्दै आफुमाथि जस्तोसुकै आरोप लगाएपनि थेग्न सक्ने तर नेपाली चेलीहरुलाई दु:ख दिएको सहन नसक्ने बताएका छन्। आफूमाथि तथ्यबिनै आरोप लगाएको उनको जिकिर छ। मिडिया ट्रायलकै कारण कोही व्यक्तिले आत्महत्या गर्ने अवस्था नहोस् भन्नेमा गृहमन्त्री गुरूङको जोड दिएका हुन्।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस