धनुषामा गुठीको जग्गामा भएको अतिक्रमण हटाउन गुठी संस्थानको निर्देशन
काठमाडौं। गुठी संस्थानले धनुषा जिल्लामा गुठीको जग्गामा भएको अतिक्रमण हटाउन निर्देशन दिएको छ। संस्थानले एक सूचना जारी गर्दै गुठीको जग्गामा भएको अनधिकृत अतिक्रमण तत्काल हटाउन निर्देशन दिएको हो।
गुठी संस्थानले धनुषा जिल्लाभित्र रहेका राजगुठीका मठमन्दिर परिसर, पोखरीका डिल तथा गुठी तैनाथी जग्गामा भएको अनधिकृत अतिक्रमण तत्काल हटाउन अत्यन्त जरुरी सार्वजनिक सूचना जारी गरेको छ। गुठी संस्थानले राजगुठी अन्तर्गतका मठमन्दिर, पोखरी तथा गुठी जग्गाको संरक्षण र व्यवस्थापन सबै सरोकारवालाको साझा दायित्व भएको उल्लेख गर्दै सार्वजनिक सम्पत्तिको संरक्षणमा सहयोग गर्न स्थानीयवासी, सम्बन्धित निकाय तथा अतिक्रमणकारीलाई आह्वान गरेको हो।

सूचनाको वेवास्ता गरी अनधिकृत संरचना वा कब्जा कायम राखिएमा प्रचलित कानूनबमोजिम आवश्यक कारबाही अघि बढाइने संस्थानले जनाएको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस