चौरासिया स्वास्थ्य उपकरण खरिद भ्रष्टाचारमा दोषी ठहर


काठमाडौं। स्वास्थ्य सेवा विभागका तत्कालीन व्यवस्थापन महाशाखा प्रमुख सुरेन्द्रप्रसाद चौरासिया भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेर कोइरालाको संयुक्त इजलासले थ्रिडी मेमोग्राफी मेसिन खरिदमा चौरासियासहित ६ जना प्रतिवादीलाई भ्रष्टाचारी ठहर गरेको हो।

स्वास्थ्य सेवा विभागका तत्कालीन व्यवस्थापन महाशाखा प्रमुख चौरासियासहित श्रवणकुमार थापा, आशिष चौहान, पद्या मिश्र र संजयकुमार साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका हुन्। उनीहरूलाई चार महिना कैद सजाय सुनाइएको छ। अदालतले मेमोग्राफी मेसिन आपूर्ति गर्ने माक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्राइभेट लिमिटेडका सुन्दर भुसाललाई पनि ४ महिना कैद सजाय सुनाएको हो।

निलम्बित अतिरिक्त स्वास्थ्य सचिव डा. संगिता कौशल मिश्रासहित विवेककुमार लाल, भुवनप्रसाद काफ्ले, दिपक अधिकारी, यादवप्रसाद सापकोटा, सम्भुप्रसाद ढकाल, सिता घिमिरे र तिलकराम ढकालले भने सफाइ पाएका हुन्। स्वास्थ्यका हर्ताकर्ता चौरासियासहित आधा जति प्रतिवादी भ्रष्टाचार ठहर हुँदा आधाले भ्रष्टाचार मुद्दाबाट सफाइ पाएका छन्। उक्त विषयले अहिले निकै चर्चा पाएको छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ