‘हिन्दु धर्म मान्ने’ गृहका सहसचिव हज गए!
काठमाडौं। सरकारले १०० कार्यसूची सार्वजनिक गरेको धमाधम काम गरिहेको छ। उक्त कार्यसूची कार्यान्वयनका लागि ३ महिनासम्म कर्मचारीलाई विदेश भ्रमणमा कडाई गरेको छ। तर, सरकारका केही उच्च पदस्थ यति फुर्सदिला भएका छन् कि कामै नपाएर ‘हज यात्रा’मा निस्किएका छन्। ५५-३० ले जागिर जाने जस्तो गरेर हतारहतार उच्च पदस्थहरू विदेश हानिन थालेका हुन्।
गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख सहसचिव ऋषिराम तिवारी हज यात्रामा अहिले साउदी अरबतिर रुमल्लिरहेका छन्। एक हप्ता बढीदेखि उनी साउदीमा रहेका छन्। मुस्लिम धर्मावलम्बी जाने गरेको हज यात्रामा पदको दुरूपयोग गर्दै सहसचिव तिवारी साउदी अरब पुगेका हुन्। ‘न उनी त्यो धर्म मान्छन्, न जानुपर्ने जिम्मेवार व्यक्ति हुन्’ तर पनि सहसचिव जस्तो उच्च पदस्थ व्यक्ति भत्ता खान कै लागि मक्कमदिना हानिएका छन्। सरकारको विदेश भ्रमणमा कडाइ गर्ने नीतिलाई चुनौती दिँदै सहसचिव तिवारी हज गएका हुन्।
गर्मी समयमा एसीको चिसो खाएर होटलमै बसेर भत्ता पचाउनका लागि सहसचिव तिवारी साउदी पुगेको चर्चा छ। तीनकुनेको घटना दबाउदा काठमाडौंको सिडिओ रहेका उनी गृहको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको छन्।
हजयात्रीलाई व्यवस्थापन गर्न गृह मन्त्रालय अन्तर्गत नेपाल हज समितिको सचिवालय रहेको छ। उक्त समितिको व्यवस्थापनमा गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख सहसचिव तिवारी पनि हज गएका हुन्।
गृह मन्त्रालयमा प्रशासन र आन्तरिक व्यवस्थापन महाशाखा छुट्टाछुट्टै चाहिँदैन भन्ने कुरा तिवारीले नै पुष्टि गरिदिएका छन्। प्रशासन र व्यवस्थापन महाशाखामा छुट्टाछुट्टै सहसचिव राख्दा काम नपाएर तिवारी जस्तो फुर्सदिलो हुनु परेको छ। बालेन सरकारले गृहको प्रशासन र आन्तरिक व्यवस्थापन महाशाखा तत्काल गाभेर एउटै बनाउनुपर्छ। नत्र तिवारी जस्ता फुर्सदिला सहसचिवहरू हज यात्रामा जान गृह मन्त्रालय आइरहने खतरा देखिन्छ।
घुम्न भनेपछि उच्च पदस्थहरूले मरिहत्ते गर्न थालेका छन्। रक्षा मन्त्रालयका उच्च अधिकारीहरू आइएनजीओको कार्यक्रममा २/३ दिन ‘बेपत्ता’ भएको चर्चा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चल्न थालेको छ। उनीहरू हेलिकप्टरमा स्वदेश घुमेको चर्चा चलेको हो। अब जहाज चढेर विदेश जाने तयारीमा रहेको प्रधानमन्त्री कार्यालयका अधिकारीहरू बताउँछन्।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस