अवकाशको ‘डिल’मा रहेका सचिवहरू
काठमाडौं। नेपाल सरकारका ३ दर्जन विशिष्ट श्रेणी (सचिव) अवकाशमा डिलमा रहेको पाइन्छ। प्रस्तावित संघीय निजामती सेवा विधेयकले तत्काल कानुनको रूप धारण गरे ठूलो संख्यामा विशिष्ट श्रेणी (सचिव) घर जाने देखिन्छ। तथ्याङ्क कार्यालय, नेपाल ट्रष्ट, महान्यायाधिवक्ता, महालेखापरीक्षकको कार्यालय जस्ता ठाउँमा रहेका सचिव अनावश्यक दरबन्दी कटौती गरेर व्यवस्थापन गर्नका लागि सरकारलाई सुनौलो अवसर पनि आउनेवाला छ। महालेखापरीक्षकको कार्यालय र महान्यायाधिवक्ताको कार्यालयमा २/२ वटा विशिष्ट श्रेणीको दरबन्दी कटौती गर्दा ठिक्क हुन्छ।
३० वर्षे सेवा अवधि, ५५ वर्ष उमेर र सचिवको ३ वर्षे कार्यकाल पूरा गरेका सचिव एकसाथ बिदा हुँदा ठूलो संख्यामा सचिव पद रिक्त हुन्छ। सरकारले एक/डेढ महिनाभित्रै आवश्यक सचिवहरूको सहजै व्यवस्थापन गर्ने देखिन्छ।
पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल ५ वर्षे कार्यकाल पूरा गरेर आज (मंगलबार) काम सकेर बिदाइ भएर घर जाँदैछन्। उनको कुनै हिसाब नै भएन। पर्सीको दिन बिहीबार जल तथा ऊर्जा आयोगका सचिव सरजुकुमार वैद्य ५८ वर्ष पूरा भएर घर जाने सूचीमा छन्। त्यसको भोलिपल्ट शुक्रबार एकैदिन ३ विशिष्ट सरकारी सेवाबाट बिदा हुँदैछन्। महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, उपमहालेखापरीक्षक बैकुण्ठबहादुर अधिकारी र राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ एकैदिन घर जान लागेका हुन्। रेग्मी र अधिकारी असोज १७ गते ५८ वर्ष पूरा भएर अवकाशमा जाने सूचीमा छन्। राष्ट्रिय योजना आयोगका सचिव पन्थ ५ वर्ष सचिव चलाएर १८ गते घर जाने सूचीमा छन्। तर १७ गते शनिबार र १८ गते आइतबार बिदा परेकाले रेग्मी, अधिकारी र पन्थ तीनैजना विशिष्ट शुक्रबार एकैदिन बिदाइ लिँदैछन्।
संघीय निजामती कानुनले तत्काल आकार लिए महिला, बालबालिका, यौनिक तथा लैङ्गिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णबहादुर राउत, राष्ट्रपति कार्यालयका सचिव महादेव पन्थ, लोक सेवा आयोगका सचिव रामेश्वर दंगाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, विज्ञान प्रविधि तथा नवप्रवर्तत मन्त्रालयका सचिव दिनानाथ मिश्र र निर्वाचन आयोगका सचिव कृष्णप्रसाद काप्री घर जानेछन्। कोही ५५, कोही ३० वर्षे सेवा अवधि त कोही ३ वर्ष सचिवको कार्यकालका कारण घर जाने जोखिममा रहेको पाइन्छ।
महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता (सचिव) लोकराज पराजुली, गृह मन्त्रालयका सचिव सचिव केदारनाथ शर्मा, लुम्बिनी प्रदेशका प्रमुख सचिव विनोदबहादुर कुँवर, नेपाल कानुन आयोगको सचिव इन्दिरा दाहाल, युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव दिपक काफ्ले, उपमहालेखापरीक्षकको विन्दु विष्ट, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, नारायणप्रसाद शर्मा दुवाडी, शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेल अवकाशको डिलमा देखिन्छन्।
अर्थ सचिव घनश्याम उपाध्याय, राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगका सचिव दिनेशकुमार घिमिरे, राष्ट्रिय तथ्याङ्क कार्यालयको सचिव लक्ष्मीकुमारी बस्नेत र उपममहालेखापरीक्षक पदपराज पौडेलको ३ वर्षे कार्यकाल पूरा गर्नेमा पर्छन्। मधेश प्रदेशका प्रमुख सचिव शोभाकान्त पौडेल ३० वर्षे सेवा अवधिका कारण घर जाने सम्भावित सूचीमा छन्। मुख्यसचिव गोविन्दबहादुर कार्कीसहित भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेल, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुंगाना ३०-५५ दुबै मापदण्ड पूरा गर्नेमा पर्छन्।
परराष्ट्र मन्त्रालयका सचिव अमृत राई, रक्षा मन्त्रालयको सचिव इन्दु घिमिरे, कृषि मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्र, शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेल, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सचिव कालीप्रसाद पराजुली सबै ५५ पारीका सचिव हुन्।
नायब महान्यायाधिवक्ता लोकराज पराजुली, वेपत्ता भएका व्यक्तिको छानविन आयोगका सचिव ध्रुवकुमार चौहान, सर्वोच्च अदालतका रजिष्ट्रारद्वय ठगिन्द्र कट्टेल र बाबुराम दाहाल तथा निलम्बनमा रहेका सचिव डण्डुराम घिमिरे ५५ पारीका विशिष्ट हुन्। उक्त कानुन ल्याउने समय जति लम्बिदै जान्छ घर जाने सचिवको सूची पनि थपिदै जाने अवस्था देखिन्छ।
अवकाशको प्रतीक्षामा रहेका विशिष्टरू
🌑गोपालप्रसाद सिग्देल,
🌑सरजुकुमार वैद्य,
🌑बैकुण्ठबहादुर अधिकारी,
🌑सञ्जीवराज रेग्मी,
🌑रविलाल पन्थ,
🌑कृष्णबहादुर राउत,
🌑महादेव पन्थ,
🌑रामेश्वर दंगाल,
🌑मुकुन्दप्रसाद निरौला,
🌑दीनानाथ मिश्र,
🌑केदारनाथ शर्मा,
🌑कृष्णप्रसाद काप्री,
🌑नारायणप्रसाद शर्मा दुवाडी,
🌑विन्दु विष्ट,
🌑दिपक काफ्ले,
🌑चूडामणि पौडेल,
🌑लक्ष्मीकुमारी बस्नेत,
🌑घनश्याम उपाध्याय,
🌑दिनेशकुमार घिमिरे,
🌑इन्दिरा दाहाल भट्टराई,
🌑मदन भुजेल,
🌑पाराश्वर ढुङ्गाना,
🌑डुण्डुराज घिमिरे,
🌑राजेन्द्रप्रसाद मिश्र,
🌑अमृतबहादुर राई,
🌑शोभाकान्त पौडेल,
🌑 राजेन्द्रकुमार पौडेल
🌑इन्दु घिमिरे,
🌑पदमराज पौडेल,
🌑लोकराज पराजुली,
🌑काली प्रसाद पराजुली,
🌑विनोद बहादुर कुँवर,
🌑ध्रुबकुमार चौहान,
🌑ठगीन्द्र कट्टेल,
🌑बाबुराम दाहाल,
क्याटेगोरी : समाचारट्याग : ##मदन भुजेल, #अमृत बहादुर राई, #इन्दिरा दाहाल भट्टराई, #इन्दु घिमिरे, #काली प्रसाद पराजुली, #कृष्ण प्रसाद काप्री, #कृष्णबहादुर राउत, #केदारनाथ शर्मा, #गोपालप्रसाद सिग्देल, #घनश्याम उपाध्याय, #चूडामणि पौडेल, #ठगीन्द्र कट्टेल, #डुण्डुराज घिमिरे, #दिनेशकुमार घिमिरे, #दिपक काफ्ले, #दीनानाथ मिश्र, #ध्रुबकुमार चौहान, #नारायणप्रसाद शर्मा दुवाडी, #पदमराज पौडेल, #पाराश्वर ढुङ्गाना, #बाबुराम दाहाल, #बैकुण्ठबहादुर अधिकारी, #महादेव पन्थ, #मुकुन्दप्रसाद निरौला, #रविलाल पन्थ, #राजेन्द्र प्रसाद मिश्र, #राजेन्द्रकुमार पौडेल, #रामेश्वर दंगाल, #लक्ष्मीकुमारी बस्नेत, #लोकराज पराजुली, #विनोद बहादुर कुँवर, #विन्दु विष्ट, #शोभाकान्त पौडेल, #सञ्जीवराज रेग्मी, #सरजुकुमार वैद्य


तपाईको प्रतिक्रिया दिनुहोस