अधिकृतस्तरमा ३ पटक आरक्षणको सुविधा लिने दिन गए!


काठमाडौं। निजामती कर्मचारीले अधिकृतस्तरमा ३ पटक आरक्षण लिने दिन समाप्त हुन लागेको छ। संघीय संसद् सचिवालयमा दर्ता भएको संघीय निजामती सेवा विधेयकमा राजपत्र अनङ्कित पदमा एकपटक र राजपत्रांकित पदमा एकपटक मात्र आरक्षणको सुविधा लिन पाउने व्यवस्था राखिएको छ। उक्त व्यवस्था लागू भएपछि अधिकृतस्तरमा ३ पटक आरक्षणको सुविधा लिने ‘बद्मासी’ रोकिने छ। यस्तो सुविधा लिने नेपाल सरकारका दर्जनौ उच्च पदस्थ रहेका छन्। अब उक्त विकृत अभ्यास अन्त्य हुने भएको हो।

उक्त विधेयकमा ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेर पूरा भएकालाई एकपटकका लागि अवकाश दिने, मुख्यसचिवको पदावधि २ वर्ष र सचिवको पदावधि ३ वर्ष हुने जस्ता विषयहरू समेटिएका छन्।
स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवा कै हुने व्यवस्था पनि विधेयकमा राखिएको छ। निजामती कर्मचारीलाई जग्गा खरिद तथा आवास निर्माणका लागि सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने समेत विधेयकमा व्यवस्था राखिएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ