एमबीबीएसको शुल्क २५ प्रतिशत बढाउन मेडिकल कलेजहरूको माग
काठमाडौं । मेडिकल कलेजहरूले एमबीबीएस अध्ययनको शुल्क २५ प्रतिशतले वृद्धि गर्न माग गरेका छन्। उनीहरूले पछिल्लो पाँच वर्षको नेपाल राष्ट्र बैंकको मुद्रास्फीति दरलाई आधार मानेर शुल्क समायोजन गर्नुपर्ने बताएका हुन्।
कलेज सञ्चालकहरूले पछिल्लो समय भएको अनियन्त्रित मूल्यवृद्धि, सञ्चालन खर्च र आर्थिक भारलाई मध्यनजर गर्दै शुल्क वृद्धि आवश्यक रहेको तर्क गरेका छन्। सरकारले बनाएको नियम कानुन भन्दा बाहिर हामी जाँदैनाै, तर, नियम अनुसार सेवा सुबिधा बढ्नु पर्छ उनिहरुले भनेका छन् ।
चिकित्सा शिक्षा नियमावलीमा प्रत्येक वर्ष नेपाल राष्ट्र बैंकको मुद्रास्फीति दरका आधारमा शुल्क परिमार्जन गर्ने व्यवस्था छ । तर, व्यवस्था भएपनि सरकार बिचाैलियाकाे चंगुलमा पर्दा विगत १० वर्षदेखि नियम अनुसार शुल्क वृद्धि हुन सकेकाे छैन । विभिन्न बहनामा शुल्क समायोजन रोकिँदै आएको छ। अब भने सरकार र कलेज संचालकहरुलाई चित्तबुझ्दो हिसाबले शुल्क समायोजन हुनुपर्ने अध्यक्ष प्रााध्यापक डा ज्ञानेन्द्र मानसिंह कार्कीले बताए ।
उनका अनुसार मेडिकल कलेजहरूको ग्रेडिङ गरी सोहीअनुसार शुल्क निर्धारण गर्नुपर्ने, विद्यार्थी भर्नाका लागि सिट संख्या तोक्ने आधार स्पष्ट पार्नुपर्ने र शुल्क निर्धारणको विषयमा सम्बन्धित निकायले स्पष्ट जवाफ दिनुपर्ने बताए ।
क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस