सर्वाेच्च अदालतमा थपिने भए चार न्यायाधीश
काठमाडौं। सर्वाेच्च अदालतमा चार न्यायाधीश थपिने भएका छन्। संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित चारै न्यायाधीशको नाम अनुमोदन गरेकाले सर्वाेच्च अदालतमा चार न्यायाधीश थपिने भएका हुन्।
न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीको नाम सिफारिस गरेको थियो। समितिले शुक्रबार र शनिबार सुनुवाई गरेर प्रस्तावित चारै न्यायाधीशको नाम अनुमोदन गरेको छ। अब उनीहरूलाई सर्वोच्चको न्यायाधीशमा नियुक्तिका लागि बाटो खुलेको हो। समितिबाट अनुमोदन भएका चारै जनालाई राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति गर्नेछन्। त्यसलगत्तै सर्वोच्चमा चार न्यायाधीश थपिने भएका हुन्।
बागचन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश, सारू उच्च अदालत पाटनका न्यायाधीश, पाण्डे उच्च अदालत पाटन हेटौंडा इजलास र डाँगी उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासका न्यायाधीश थिए। संसदीय सुनुवाई समिति अनुमोदन भएसँगै राष्ट्रपतिबाट उनीहरू सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुने भएका छन्।
प्रधानन्यायाधीशसहित २१ न्यायाधीश हुने सर्वोच्च अदालतमा चार न्यायाधीश रिक्त थिए। चार न्यायाधीश थपिए पनि एक न्यायाधीश रिक्त रहनेछन्। किनकी सर्वोच्चका न्यायाधीश विनोद शर्मा केही दिन अगाडि ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश गएका छन्। न्याय परिषद्ले अझै सर्वोच्च अदालतमा एक न्यायाधीश सिफारिस गर्न सक्नेछ।
क्याटेगोरी : समाचारट्याग : #गोकर्ण डाँगी, #चन्द्रबहादुर सारू, #जनक पाण्डे, #डा. रत्नबहादुर बागचन


तपाईको प्रतिक्रिया दिनुहोस