दक्षिण अफ्रिका र डेनमार्कको राजदूतावास बन्द गर्ने प्रक्रिया सुरू
काठमाडौं। सरकारले दक्षिण अफ्रिका र डेनमार्कस्थित नेपाल राजदूतावास बन्द गर्ने प्रक्रिया अघि बढाएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषण मार्फत दक्षिण अफ्रिका र डेनमार्क राजदूतावास बन्द गर्ने घोषणा गरेका थिए। परराष्ट्र मन्त्रालयले ब्राजिलको राजदूतावास जोगाएर दक्षिण अफ्रिका र डेनमार्कको राजदूतावास बन्द गर्ने प्रक्रिया अघि बढाएको हो।
बन्द गर्ने चरणमा रहेका दुबै राजदूतावासले आवश्यक प्रक्रिया थालेका छन्। दक्षिण अफ्रिका प्रिटोरियामास्थित नेपाली राजदूतावासले फर्निचर, कम्पुटर तथा विद्युतीय उपकरण, सवारी साधनहरू, घरायसी तथा अन्य स-साना सामानहरू लिलाम बिक्री सम्बन्धी प्रक्रिया अघि बढाएको छ। राजदूतावास बन्द हुने भएपछि ति सामानहरू लिलाम बिक्री गर्न सूचना जारी गरिएको हो।
डेनमार्कको कोपनहेगनस्थित नेपाली राजदूतावासले पनि उस्तै प्रकृतिको सूचना जारी गरेको छ। डेनमार्कको नेपाली राजदूतावासमा रहेका सामानहरू लिलाम बिक्री गर्ने प्रक्रिया अघि बढाएको हो। दुबै राजदूतावास बन्द गर्ने अन्तिम चरणमा पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। औचित्यहीन दुबै राजदूतावास बन्द हुने अन्तिम चरणमा देखिन्छन्।
दक्षिण अफ्रिकाका राजदूत कपिलमान श्रेष्ठ र डेनमार्कको राजदूत सुम्निमा तुलाधरलाई फिर्ता बोलाएपछि दुबै राजदूतावास निमित्तको भरमा चलिरहेको छ। दक्षिण अफ्रिका रमेशकुमार चर्माकार र डेनमार्क सावित्रा ओलीले कार्यभार राजदूतको जिम्मेवारी सम्हालिरहेका छन्। निमित्तको भरमा चलेको दुबै नियोग आवश्यक प्रक्रिया पूरा गरेर बन्द गर्ने प्रक्रिया अघि बढिसकेको हो। दुबै राजदूतावास बन्द हुने अन्तिम चरणमा पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस