‘अध्यादेश’ १६ वर्ष देखि जारी आन्दोलनको उपलब्धी, आन्दोलन फिर्ता


काठमाडौं । नेपाल चिकित्सक संघले हालै राष्ट्रपतिद्धारा जारी भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी (पहिलो संसोधन) अध्यादेश २०७८ को स्वागत गरेको छ ।

संघमा महासचिव डा बद्री रिजालले एक विज्ञप्ती जारी गर्दै अध्यादेको स्वागत गर्दै कानून कार्यान्वयन गर्न र यसमा रहेका कमि कमजोरीलाई परिमार्जन गर्दै संसदबाट मूल ऐन बनाउने अभियानमा सवैको सहयोगको अपेक्षा गरेका छन् ।

विगत १६ वर्ष देखि चिकित्सक संघले स्वास्थ्य सस्था तथा स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी आवाज उठाउँदै आएको थियो । हालको नेतृत्वले त्यसलाई पूर्णता दिन सफल भएको छ ।

नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीलाई सुरक्षाको पूर्ण प्रत्याभूत हुनेगरी उपचारमा बाधा अवरोध पुर्याउने, ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण कुटपिट गर्ने लगायतका अपराधिक क्रियाकलापलाई गैर जमानती अपराधको रुपमा लिई संलग्न व्यक्तिलाई तत्काल कारबाही गर्न सकिने व्यवस्था र त्यस कार्यमा संलग्न दोषीलाई कडा कारबाहीको प्रावधान गर्न निरन्तर दवाव र आन्दोलन गर्दै आएको थियो ।

पछिल्लो समय चिकित्सक संघले सात दिने अल्टिमेटम समेत सरकारलाई दिएको थियो । संघका महासचिव डा रिजालले भनेका छन्, हाम्रो अल्टिमेटमको आज सात दिन पुगेको छ । यो अवसरमा राष्ट्रपतिबाट जारी भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी (पहिलो संसोधन) अध्यादेश २०७८’ नेपाल चिकित्सक संघ स्वागत गर्दछ ।

यसलाई सम्पूर्ण चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुको आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धिका रुपमा लिएका छौं महासचिव डा रिजालले भनेका छन् ।

अध्यादेशमा केही महत्वपूर्ण विषय समावेश भएका छन्, तर अझै पनि हाम्रो माग बमोजिम स्वास्थ्यकर्मीको पूर्ण सुरक्षाको प्रत्याभूत गर्न थुप्रै विषय परिमार्जनको आवश्यक छ । अहिले कानुनको कार्यान्वयन महत्वपूर्ण पक्ष हो । अध्यादेश आएकाले चिकित्सक संघले आन्दोलका सबै कार्यक्रम फिर्ता लिएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com