स्वास्थ्य मन्त्रालयमा सतर्कता केन्द्रको छड्के, दर्जनौं कर्मचारीमाथि कारबाही हुने

सहसचिव शैलजा रेग्मीले तोकिएको 'ड्रेस' नलगाएको फेला


काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा छड्के हानेको छ । सतर्कता केन्द्रको टोलीले कार्यालय सुरू हुने समयमा छड्के हानेको हो ।

सतर्कता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले केन्द्रले स्वास्थ्य मन्त्रालयमा छड्के हानेको पुष्टी गरे । केन्द्रले मन्त्रालयमा छड्के हान्दा उनुपस्थित र सरकारले तोकेको पोशाक नलगाउने कर्मचारीलाई कारबाही सिफारिस गर्ने भएको छ ।

केन्द्रले स्वास्थ्य मन्त्रालयका रहेका १ सय ३० जनामध्ये दर्जनौं कर्मचारी समयमा नआएको र २५ जना भन्दाबढी कर्मचारीले तोकिएको पोशाक नलगाएको फेला पारेको हो ।

स्वास्थ्य मन्त्रालयका सहसचिव शैलजा भट्टराई रेग्मीसहितका उच्च अधिकारी नै केन्द्रको छड्के कारबाहीमा परेका छन् ।हरियो साडीमा सजिएर आएकी रेग्मी सतर्कताको छड्केमा परेकी हुन् । केन्द्रले ती कर्मचारीमाथि कारबाही सिफारिस गर्ने केन्द्रका एक अधिकारीले स्वास्थ्य लाइभलाई बताए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com