माधवको प्रस्तावमा डा. बिच्छा स्वास्थ्यमा डिजी बनेको खगराजको आरोप

बिच्छाले फोहोर मैला व्यवस्थापनको ९ करोड नेपाललाई दिएको खुलासा


काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको प्रस्तावमा डा. आरपी बिच्छालाई स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै बिच्छाले फोहोर मैला व्यवस्थापनको ९ करोड पनि माधव नेपाललाई दिएको एमाले नेता अधिकारीले अर्को गम्भीर आरोप लगाएका छन् ।

ओम्नीको सेटिङले स्वास्थ्य सेवा विभागमा म्याद सकिएको व्यक्तिलाई म्याद थपेर कानुन मिचेर स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाइएको उनको भनाइ छ । ‘त्यो काम माधवकुमार नेपालको सिफारिसमा भएको हो र अहिले स्वास्थ्य मन्त्रालय उहाँले लिनुभएको हो भन्ने कुरा दिउँसोको घामजस्तै छर्लङ्ग प्रमाणित छ ।’, पूर्व स्वास्थ्यमन्त्री अधिकारी भने, ‘आज तीनै व्यक्तिको सिफारिसमा स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाईएको छ । र, सिनियरलाई मिचेर जुनियरलाई ल्याइएको छ ।’, जसको म्याद सकिएपछि म्याद थप्न मिल्दैमिल्दैन्, विशेषज्ञ सेवाका लागि एक वर्षलाई मात्रै लिन सकिने उनको दाबी छ ।

एमाले नेतासमेत रहेका अधिकारीका बैठकमा आरजु देउवामात्र होइन्, माधवकुमार नेपालसमेत मिलेर त्यो काम भएको कुरा घामजस्तै छर्लङ्ग नै  रहेेको प्रस्ट पारेका छन् ।

ललिता निवासको सेटिङ गर्न गजेन्द्र हमाललाई मन्त्री बनाउने काम पनि नेपालकै प्रस्तावमा भएको उनको आरोप छ ।

क्याटेगोरी : प्रदेश

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com