कालोसूचीमा परेका सप्लायर्सको स्वास्थ्यमा आतंक

विश्व बैंकले समेत कालोसूचीमा राखेको फर्मबाटै गैरकानुनी काम गर्न कर्मचारीलाई दबाव


काठमाडौं आफू र आफू आवद्ध रहेको फर्म कालोसूचीमा परेका व्यक्तिको स्वास्थ्यमा आतंक नियमित छ । कालोसूचीमा परेका व्यक्तिले गैरकानुनी काम गर्न कर्मचारीलाई दबाव दिएको गुनासोले व्यापकता पाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले बताए अनुसार स्वास्थ्य व्यवसायी संघको नाममा ती व्यक्तिहरूले स्वास्थ्य क्षेत्रमा आतंक मच्चाइ रहेका छन् । उनीहरूका गतिविधिबारे उच्च तहमा अनुसन्धान सुरु भएको छ ।

स्वास्थ्य क्षेत्रका विभिन्न निकायमा टेन्डर हालेर नक्कली डकुमेन्ट पेश गरेको र सामान खराब ल्याएको प्रमाणका आधारमा आफूलाई स्वास्थ्य व्यवसायी संघको अध्यक्ष बताउने नवराज बस्नेत र नेशनल बायोमेडिकल सप्लायर्स दुवैलाई विश्व बैंकले कालोसूचीमा राखेको छ । यस विषयमा बस्नेतसँग बुझ्न खोज्दा फोन सम्पर्क भएन ।

कर्मचारीलाई धम्क्याएको भरमा ठेक्का पाइन्छ भन्ने गलत मनसायले अगाडि बढेका किथ्रे सप्लायर्सले स्वास्थ्य क्षेत्रका नियमित खरिद प्रक्रियालाई समेत असर पार्दै आएका छन् । आफूले नपाए अरुलाई पर्न नदिने भन्दै उनीहरूले अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रलाई समेत उजुरी गरेर गलत प्रयोग गरिरहेको अधिकारीहरू बताउँछन् ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीले नवराज बस्नेतनारायण कार्की स्वास्थ्य प्रणाली सुदृढीकरण अभियानमा अवरोध गर्ने व्यक्तिहरू भएको दाबी गरे । कार्कीलाई विशेष उजुरीका आधारमा प्रहरीले पक्राउ गर्न लाग्दा गल्ति नदोहोर्याउने सर्तमा छाडिएको थियो । बिचमा केही समय उनी हराए पनि पछिल्लो समय फेरि विभिन्न प्रदेश र अस्पतालका प्रमुखहरूलाई धम्याउने गरेको गुनासो आउँन थालेको छ ।

उनीहरू आफ्नो काम जसरी पनि हुनुपर्नेनभए कसैलाई पनि गर्न नदिने गरी उजुरीमा समय नष्ट गरिरहेका छन् । ‘, स्वास्थ्य निर्देशनालय हेटौडाका एक उच्च अधिकारीले भने ।

अहिले देशभर डायलासिसका बिरामी पालोको पर्खाइमा रहेका छन् । उपकरण अभावले सेवा नपाएर कयौं बिरामीको मृत्यु भएको छ । तरजनताको स्वास्थ्यमा कति पनि चिन्ता नभएका उनीहरूले सेवालाई अवरुद्ध बनाउन कम्बर कसेर लागेको बुझिएको छ ।

विश्व बैंकको कालोसूचीमा परेका कारण बस्नेत विश्व बैंक कै खरिद प्रभावित बनाउन लागेको अधिकारीहरू बताउँछन् । व्यवसायी संघको खोल ओडेर गलत हर्कत गर्नेहरूलाई पत्रकारले पनि नदेखे जस्तो गर्नु हुँदैन । स्वास्थ्य क्षेत्रमा हुने खरिद सम्बन्धी परेको उजुरीहरूमध्ये ८० प्रतिशत उजुरी यी नै व्यक्तिले हालेको देखिएको अख्तियार र सतर्कता स्रोत बताउँछ ।

आवश्यकता नै नभएको विषयमा पनि स्वार्थका हिसाबले उजुरी हालेको देखिन्छ । यसले गर्दा उजुरी हाल्नेहरू माथिपनि निगरानी बढाउन आवश्यक देखिएको भन्दै सम्बन्धित निकायमा छलफल हुन थालेको छ ।

प्राप्त विवरण अनुसार विश्व बैंकले बस्नेत सञ्चालक रहेको नेशनल बायोमेडिकल सप्लायर्स सन् १० अप्रिल २०१८ देखि  ०९ अप्रिल २०२४ सम्म खरिद नियम अनुसार कालोसूचीमा राखिएको छ । त्यस्तै नवराज बस्नेतलाई समेत विश्व बैंकले १० अप्रिल २०१८ देखि निरन्तर कालोसूचीमा राखेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार स्वास्थ्य व्यवसायी संघका अध्यक्ष र उनका व्यवसायी साझेदार नवराज श्रेष्ठको नाममा दर्ता रहेको जनमुक्ति हेल्थ इन्टरप्राइजेज बाट प्रदेश स्वास्थ्य आपुर्ति केन्द्र हेटौडामा आर्थिक वर्ष ०७७/०८८ को ठेक्का नम्बर  HLMC÷G÷SC-07/077-78 उत्पादन नै नभएको कम्पनीको कागज आफै बनाई उक्त ठेक्का बजार रेट भन्दा ५ गुना बढीमा सदर गर्न लगाएको र उक्त ठेक्का सम्झौता पश्चात निजले पेश गरेको कागजपत्र किर्ते रहेको कार्यालयले थाँहा पाई  भुक्तानी रोकेको थियो ।

पहिलो यो समूह केमसनमा आवद्ध थिए । तरनियत गलत भएकाले लामो समय त्यहाँ टिक्न सकेनन् । ७ वर्ष अगाडि नै उनीहरूले केमसन छाडेको केमसनका अध्यक्ष भक्त हमाल बताउँछन् । उहाँहरूको विषयमा गुनासाहरू धेरै सुनिएका छन्अध्यक्ष हमालले भने, ‘हामीबाट बाहिरी सक्नु भएको छ ।’, धम्क्याउने काम नगर्नुपर्ने किन गरिरहेका छन् भनेर उनले आश्चर्य समेत प्रकट गरेका छन् ।

विश्व बैंकको कालोसूचीमा रहेका सप्लायर्सले स्वास्थ्य उपकरण खरिदमा आतंक मच्चाउन थालेपछि यो विषय अहिले चर्चामा आउन थालेको हो । स्वास्थ्य क्षेत्रका खरिदमा हुने बदमासीलाई यो प्रकरणले थप उजागर गरेको छ ।

क्याटेगोरी : प्रदेश

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com