इटहरीका विद्यालय भौतिक उपस्थितिमै सञ्चालन हुने

एन्टिजेन परीक्षण किट निजी स्कुलले गर्नुपर्ने


सुनसरी । इटहरीका विद्यालय भौतिक उपस्थितिमै सञ्चालन हुने भएका छन् । इटहरी उपमहानगरपालिकाले कार्तिक ४ गतेदेखि उपमहानगरपालिका विद्यालय भौतिक उपस्थितिमै सञ्चालन गर्ने निर्णय गरेको छ । उपमहानगरले कोरोनासँग मिल्दोजल्दो लक्षण देखिएका शिक्षक तथा विद्यार्थीलाई स्वास्थ्य शाखासँग समन्वय गरेर अनिवार्य एन्टिजेन परीक्षण गर्नसमेत निर्देशन दिएको छ ।

एन्टिजेन परीक्षण निजी स्कुलले गर्नुपर्ने निर्णयमा उल्लेख छ । संस्थागत विद्यालयका लागि आवश्यक एन्टिजेन परीक्षण किटको व्यवस्था सम्बन्धित विद्यालयले गर्ने र सो बापत विद्यालयहरुले विद्यार्थीसँग अतिरिक्त शुल्न लिन नपाउने समेत इटहरी उपमहानगरपालिकाको लिखित निर्देशन छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com