यी हुन् स्वास्थ्यको प्रमुख विशेषज्ञमा दाबी गर्ने (नामावलीसहित)


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाह्रौं तह (प्रमुख विशेषज्ञ) मा बढुवा गर्नका लागि निवेदन माग गरेको १५ दिन कटेकाे छ । यसबीचमा २१ जनाले बाह्रौ तहमा बढुवा हुन आफू याेग्य भएकाे भन्दै आवश्यक कागजातसहित निवेदन दिएका छन् ।

स्वास्थ्य मन्त्रालयले गत १० गते सार्वजनिक सूचना निकाल्दै मन्त्रालयले १५ दिन भित्र विवरण बुझाउन भनेको थियाे । सूचनामा १२ औं तहमा बढुवा हुनका लागि ११ औं तहमा पाँच वर्ष काम गरेको हुनुपर्ने योग्यता तोकिएको छ ।

असार मसान्तसम्म न्यूनतम पाँच वर्ष सेवाअवधि पूरा भएका एघारौँ तहका अधिकृत कर्मचारीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवासम्बन्धी व्यक्तिगत विवरण फारम बुझाउन मन्त्रालयले भनेकाे थियाे ।
मन्त्रालयले बाह्रौँ तहको रिक्त पद संख्या तीन पदमा नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा २५ (२) बमोजिम कार्य सम्पादन क्षमताका आधारमा बढुवा गर्न लागेको जनाएको छ । तीन रिक्त पदका लागि २१ जनाले दाबी गरेका छन् । मन्त्रालयले २१ जनाकाे सेवा अवधि, दुर्गममा काम गरेकाे, जेष्ठता आदि हेरेर नम्बरसहित सर्ट लिस्टिङ ( संक्षिप्त सूची) बनाउने तयारी गरेको छ ।  मन्त्रालय स्रोतकाअनुसार हालै केही कर्मचारीको सेवाबाट अवकाश हुन लागेकाले उनीहरु रिटायर्ड भएपछि प्रकृया अगाडि बढ्ने छ ।

आफूलाई बाह्रौं तहमा बढुवाका लागि निवेदनसहित दाबी गर्ने कर्मचारीको सूची स्वास्थ्य लाइभले फेला पारेको छ । बाह्रौं तहमा बढुवाका लागि प्रतिस्पर्धा गर्न २१ जनाले  निवेदन दिएका छन् ।

यी हुन् प्रमुख विशेषज्ञमा दाबी गर्ने २१ जना

✡️डा. कृष्ण प्रसाद पाैडेल, निर्देशक, इडिसिडी (बालरोग विशेषज्ञ)
✡️डा. संजय कुमार ठाकुर, जनरल फिजिसियन, वीर अस्पताल
✡️डा. श्याम सुन्दर यादव, सर्जन, भेरी अस्पताल
✡️डा. तारानाथ पोख्रेल,सार्क टिबी एड्स नियन्त्रण केन्द्र
✡️डा. दिप थापा मगर, सर्जन,वीर अस्पताल
✡️डा. श्रीकृष्ण श्रेष्ठ, बाल राेग विशेषज्ञ,पश्चिमाञ्चल क्षेत्रिय अस्पताल
✡️डा.सुधा देवकाेटा, निर्देशक, एड्स तथा याैन राेग नियन्त्रण केन्द्र
✡️डा. भिमसिंह तिंकरी, निर्देशक, व्यवस्थापन महाशाखा
✡️डा. संगिता काैशल मिश्रा, निर्देशक, प्रसुति गृह अस्पताल
✡️डा. आमिर बाबू श्रेष्ठ, एनेस्थेसियाेलाेजिष्ट, पराेपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली
✡️डा. वासुदेव जनार्दन प्रसाद उपाध्याय,  महानिर्देशक, आयुर्वेद विभाग
✡️डा. रघुनन्दन ब्याजु, कन्सल्ट्यान्ट, भरतपुर आँखा अस्पताल
✡️डा. गुणराज लाेहनी, प्रमुख अस्पताल प्रशासक, स्वास्थ्य मन्त्रालय
✡️डा. विकास देवकोटा, सचिव, लुम्बिनी प्रदेश
✡️डा. टंक प्रसाद बाराकाेटी, मेडिकल सुपरिटेन्डेन्ट, मेची   अस्पताल
✡️डा. प्रभा चापागाईं काेइराला, वीर अस्पताल
✡️गाेमा देवी निराैला, निर्देशक, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा
✡️डा. शैली प्रधान,  वीर अस्पताल
✡️डा. राम पद्मारथ (आरपी) बिच्छा,  महानिर्देशक, स्वास्थ्य सेवा विभाग
✡️डा. सुदेश सुवेदी,  काेशी अस्पताल
✡️डा. सुनिलराज शर्मा, निर्देशक, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com