मेडिकल ठगीमा मौन बस्ने सुनसरी प्रहरीको लेनदेनमा चासो


काठमाडौं । फौजदारी प्रकृतिको मुद्दामा चासो राख्नु पर्ने सुनसरी प्रहरी पछिल्लो समय लेनदेन जस्ता देवानी प्रकृतिको मुद्दामा चासो राख्न थालेको हो ।

सुनसरी जिल्लामा स्वास्थ्य सामग्रीमा कालोबजारी हुँदा चासो नदिने प्रहरी प्रशासन लेनदेन र सेटिङ धन्दामा लागेको तथ्य फेला परेको हो ।

सुनसरीमा प्रहरी प्रमुख एसपी सजयसिंह थापाले प्रहरी निरीक्षक जयराम माझीलाई प्रयोग गरेर लेनदेनका केसमा सेटिङ मिलाउन थालेको आरोप लागेको छ । औषधि र मेडिकलमा ठगी हुँदा चुपचाप रहेको सुनसरी प्रहरी आर्थिक कारोबारसँग जोडिएका कुरालाई कार्यालयमै बोलाएर बार्गेनिङ गरेको तथ्य स्वास्थ्य लाइभले प्राप्त गरेको छ ।

सुनसरीका प्रहरी प्रमुख एसपी थापा, डिएसपी नगेन्द्र कार्की र निरीक्षकमाझीको मिलेमतोमा कार्यालयमा बोलाउँदै धम्की दिएर प्रहरीले हेर्ने नमिल्ने देवानी केसमा कागज गराउने र लेनदेनमा सेटिङ गर्न लागिपरेको खुल्न आएको हो ।

प्रहरीले हेर्नु पर्ने खालका केस नहेर्ने र हेर्ने नमिल्ने व्यक्तिगत केसमा शक्तिको दुरुपयोग गरिरहेको पाइएको छ । यसले प्रहरीको छबिमा नकारात्मक असर पर्ने भएकाले प्रहरी मुख्यालयको ध्यानाकर्षण हुन जरूरी देखिन्छ ।

आर्थिक विवादमा जोडिएका सुनसरी प्रहरीको पछिल्ला काम कारबाहीले सिंगो प्रहरीको बद्नाम भइरहँदा पनि प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालय बेखबर देखिन्छ ।

सुनसरी प्रहरीले क्षेत्राधिकारबाहिर गएर कार्यालय मै गैरकानुनी गतिविधि चलाउँदा पनि प्रहरी मुख्यालय मौन बस्नुले प्रहरी भित्र आर्थिक पारदर्शिता छैन भन्ने कुराको पुष्टि हुन्छ । लेनदेनका केसमा सुनसरी प्रहरीले क्षेत्राधिकारबाहिर गएर बार्गेनिङ गर्ने गरेको कुरामा प्रहरी मुख्यालय र गृह मन्त्रालयले कसरी लिन्छ हेर्न बाँकी छ ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com