सतर्कता केन्द्रको कारबाहीमा स्वास्थ्यका कर्मचारी

हरियो साडी लगाएर मन्त्रालय आउने सहसचिव रेग्मीलाई सचेत गरायो


काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको छ ।

गत असोज १९ गते सतर्कता केन्द्रको टोलीले कार्यालय सुरू हुने समयमा स्वास्थ्य मन्त्रालयमा छड्के हानेको थियो । उक्त छड्केमा समय पालना नगर्ने र तोकिएको पोशाक लगाउने कर्मचारीलाई कारबाही गर्न केन्द्रले स्वास्थ्य मन्त्रालयलाई  लिखित निर्देशन दिएको छ । सतर्कता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले केन्द्रले स्वास्थ्य मन्त्रालयमा छड्के हान्दा तोकिएको पोशाक नलगाउने र समयमा नआउने कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको बताए ।  केन्द्रले मन्त्रालयमा छड्के हान्दा उनुपस्थित र सरकारले तोकेको पोशाक नलगाउने कर्मचारीलाई कारबाही गर्न मन्त्रालयलाई निर्देशन दिएको उनको भनाइ छ ।

केन्द्रले स्वास्थ्य मन्त्रालयका छड्के हान्दा मन्त्रालयमा रहेका १ सय ३० जनामध्ये दर्जनौं कर्मचारी समयमा नआएको र २५ जना भन्दाबढी कर्मचारीले तोकिएको पोशाक नलगाएको फेला पारेको थियो । स्वास्थ्य मन्त्रालयकी सहसचिव शैलजा भट्टराई रेग्मीसहितका उच्च अधिकारी नै केन्द्रको छड्के कारबाहीमा परेका छन् ।

हरियो साडीमा सजिएर आएकी रेग्मी सतर्कताको छड्केमा परेकी थिइन् । सरकारले तोकेको पोशाक नलगाइ हरियो साडीमा आएकी रेग्मीलाई सचेत गराउन मन्त्रालयको नेतृत्वलाई निर्देशन दिएको शर्माले जानकारी दिए । सहसचिवलाई तोकिएको पोशाक नलगाएकोमा सचेत गराउनु नै ठूलो कारबाही भएको भन्दै उनले अब आइन्दा त्यस्तो गल्ती नदोहोर्‍याउने गरी सचेत गराइएको स्पष्ट पारे । तर सहसचिव रेग्मीले अहिले पनि तोकिएको पोशाक लगाउने गरेकी छैनन् ।

केन्द्रले अन्य कर्मचारीमाथि विभागीय कारबाही गर्न लिखित निर्देशन दिएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com