कोभिड संक्रमण रोक्न अपनाइने रणनीतिबारे सुरक्षा समितिमा छलफल


काठमाडौँ । कोरोना भाइरस कोभिड १९ को पुन संक्रमण रोक्न अपनाइने रणनीतिबारे छलफल गर्न सुरक्षा समितिको बैठक बसेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षता केन्द्रीय सुरक्षा समितिको बैठक बसेको हो ।
बैठक मुख्यतया कोभिड–१९ पुनः संक्रमण हुन नदिन के कस्ता सुरक्षा रणनीति अपनाउने भन्ने विषयमा केन्द्रित भएको अधिकारीहरुले बताएका छन् ।
छलफलमा परराष्ट्रमन्त्री नारायण खड्का, रक्षामन्त्री डा. मीनेन्द्र रिजाल, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, मुख्यसचिव शंकरदाश बैरागी र सम्बन्धित मन्त्रालयका सचिव, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल लगायतको सहभागीता थियो ।
अधिकारीहरुले आ-आफ्नो कार्य क्षेत्रभित्र पर्ने विषयमा कार्यक्रम तयार गरी व्यवस्थित रुपमा कोभिडको संक्रमण नियन्त्रण गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com