स्वास्थ्यको बाह्रौं तहमा सिफारिस हुन सकेन, अब तिहारपछि मात्रै


काठमाडौं । स्वास्थ्य सेवाको प्रमुख विशेषज्ञ (बाह्रौं तह)मा आज पनि बढुवाका लागि सिफारिस हुन सकेन ।  बाह्रौं तहमा आज सम्भावित ५ जनाको नाम सिफारिस हुने भनेपनि आज बसेको बढुवा समितिको बैठक सिफारिस नै नगरी सकिएको हो ।

बढुवा समितिको विज्ञ सदस्य डा. किरण रेग्मीकाअनुसार अब स्वास्थ्यको बाह्रौं तहमा रिक्त रहेको तीन पदमा तिहारपछि मात्र हुने भएको छ ।  बाह्रौं तहका लागि आज सिफारिस हुने भनिएपनि प्रविधिक कारणले टुंगोमा पुग्न नसकेको हो । सदस्य रेग्मीले तिहारपछि मात्र बाह्रौं तहको सिफारिस हुने स्वास्थ्य लाइभलाई बताइन् ।

लोकसेवा आयोगका पदाधिकारी, मुख्य सचिव, कानुन सचिव, स्वास्थ्य सचिवसहितको बढुवा समितिको बैठकमा बढुवाका लागि सम्भावित व्यक्तिहरुको विवरण अध्ययन गर्ने काम भएको छ । स्वास्थ्यको बाह्रौं तहको सिफारिस तिहारका कारण केही समयपछि पछाडि धकेलिएको हो । ५ वर्ष स्वास्थ्य सेवाको ११ औं तहमा काम गरेको अनुभव भएका २१ जनाले बाह्रौं तहमा बढुवाका लागि दावी पेश गरेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com