बाह्रौं तहका लागि पाँच जनाको नाम बिहीबार सिफारिस गर्ने तयारी, (यी हुन् सम्भावित पाँच जना)


काठमाडौं ।  लामो समयदेखि रिक्त रहेको स्वास्थ्यको प्रमुख विशेषज्ञ (बाह्रौं तह) को सिफारिस प्रक्रिया तीब्र गतिमा अगाडि बढेको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडा र स्वास्थ्य सचिव डा. रोशन पोखरेलले लामो समय प्रमुख विशेषज्ञ पद खाली नराख्ने भन्दै सिफारिस प्रक्रिया अगाडि बढाएका हुन् ।

बढुवा समितिको बैठक मंगलबारदेखि निरन्तर बसिरहेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको समितिको बैठकले नम्बर जोड्ने विषयमा छलफल गरेको थियो । नम्बर जोड्न केही सहसचिवहरुको बाँकी छ, त्यसैले दुर्गम, योग्यतालगायतको नम्बर जोड्ने आधारमा केन्द्रित भएर समितिमा छलफल भएको थियो ।

बाह्रौं तहमा बढुवाका लागि निवेदनसहित २१ जनाले यस अघिनै दाबी पेश गरेका छन् । निवेदन दिएकामध्ये राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका निर्देशक सुनिलराज शर्मालगायत तीन-चार जनाको कासमू आएको रहेनछ, समितिका एक अधिकारीले भने, बिहीबार सबैको कासमूसहित नम्बर जोडेर नाम तय गर्ने छौं ।,

२१ जनामध्ये टप पाँच जनाको नाम करिब करिब टुंगोमा पुगेको छ । बढुवा समितिमा सहभागी एक सदस्यअनुसार डा. भिमसिंह तिंकरी, डा. गुणराज लोहनी डा. तारानाथ पोखरेल योग्यताक्रमअनुसार नै छन् भने डा. श्याम सुन्दर यादव र डा. संगिता कौशल मिश्र निकै अगाडि आएका छन् । ‘यी दुबैको दुर्गमको राम्रो नम्बर भएको ती अधिकारीले बताए । तर, अझै केहीको नम्बर पुनः जोड्न बाँकी भएकाले पूर्णरुपमा दाबी गर्न सक्ने अवस्था ‘देखिएन’, लोक सेवा आयोगका एक जना सदस्यले स्वास्थ्य लाइभसँग भने ।  ‘प्रतिस्पर्धीहरुको नम्बर मसिनो गरी केलाउनु पर्ने देखिएको छ । हामीले तीन जना प्रमुख विशेषज्ञका लागि पाँच जनाको नाम पठाउने भनेका छौैं तर, सिनियर सात जनाको नाम समितिमा पठाउन स्वास्थ्यलाई भनेका छौं।’, स्रोतकाअनुसार डा. कृष्ण पौडेल र विकास देवकोटा पनि केही अगाडि आउने देखिएको छ ।

बुधबारको बैठकमा कानुन सचिव उदयराज सापकोटाले आफ्नो धारणा राखेका थिए । सचिव सापकोटालाई समितिमा आमन्त्रित सदस्यको हैसियतमा बोलाइएको हो । उनले कानुनी व्यवस्था र सम्भावनाका विषयमा सुझाव दिएका थिए ।

स्वास्थ्य लाइभसँग कुदा गर्दै समितिको बैठकमा सहभागी एक सदस्यले कानुन सचिव सापकोटाले बढुवाको आधार र कानुनी व्यवस्थाको विषयमा सहजिकरण गरेको र सिफारिसमा सहजता प्रदान गर्ने काम गरेको स्पष्ट पारे ।

क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com