दुर्गा प्रसाईको अस्पतालमा एमआरआई दुर्घटना, साढे ८ करोड क्षतिपूर्ति दाबी


काठमाडौं । दुर्गा प्रसाईले खोलेको झापाको विर्तामोडस्थित प्रस्तावित बिएण्डसी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एमआरआई दुर्घटना भएको छ । साढे ८ करोड मूल्य परेको एमआरआई दुर्घटनामा पर्दा ठूलो क्षती भएको  खुल्न आएको हो ।

थ्रि टेस्लाको अत्याधुनिक एमआरआई मानवीय त्रृटीका कारण  गम्भीर दुर्घटना परेको हो । तर मानवीय क्षती भने हुन पाएन । एमआरआई गर्नका लागि अक्सिजनसहित तयारी अवस्थामा राखिएका बिरामीको ज्यान जानबाट जोगिएको छ ।

अस्पतालका सञ्चालक दुर्गा प्रसाईकाअनुसार बिरामी भित्र प्रवेश गराएर ढोका लगाउन बिर्संदा एमआरआईले अक्सिजन सिलिन्डर तानेको हो । उनले एमआरआई दुर्घटनामापर्दा साढे ८ करोडको क्षती भएको बताए । दुर्घनाबाट ६ जनाको ज्यान जोगिएको छ ।

‘एमआरआई दुर्घटना एसियामै दोस्रो घटना हो, यसअघि भारतको डाटा मेमोरियलमा एमआरआई दुर्घटना भएको थियो ।’, सञ्चालक प्रसाईले भने, ‘ टेस्ला एमआरआईले प्रतिघण्टा ६ सयको स्पीडले फलाम तान्छ । एमआरआई राखिएको वरिपरि जोखिम क्षेत्र तोकिएको हुन्छ । त्यो क्षेत्रमा अक्सिजन सिलिन्डर पुग्दा दुर्घटना भएको हो ।’,

एमआरआई दुर्घटना पर्दा सेवा अबरुद्ध भएपछि बिएण्डसीले थ्रि टेस्लाको अर्को एमआरआई मगाएर  सेवा सञ्चालनको तयारी गरेको छ ।  दुर्घटनामा परेको एमआरआईको साढे ८ करोड बीमा दाबी गरिएको सञ्चालक प्रसाईले जानकारी दिए ।

 

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com