हिजो राति जलेको अनामनगरको कार्की भवन आज यस्तो देखियो


 काठमाडौं । सिंहदरबारको पूर्वी गेट बाजेको सेकुवा नजिकै रहेको कार्की भवनमा आगो लाग्दा करोडौंको क्षति भएको छ ।

आगो लाग्दा कार्की भवनमा फर्निचर पसल पूर्ण रुपमा ध्वस्त भएको छ भने भवनको फ्ल्याटसमेत ड्यामेज भएको हो । प्रहरी र दमकल परिचालन गरी झन्डै एक घण्टामा आगो नियन्त्रणमा आएको थियो ।

दमकल प्रवेश गर्न सक्ने बाटो भएकाले अनामनगर कार्की भवन वरिपरिको क्षेत्रमा ठूलो क्षति हुनबाट जोगिएको छ ।

घट्टेकुलोको गल्लीतिर यही प्रकृतिको आगो लागेको भए ठूलो क्षति हुने थियो ।

दमकल छिर्न सक्ने बाटो भएकाले कार्की भवनको आगो प्रहरी र दमकलले नियन्त्रणमा ल्याउन सफल भयो । लक्ष्मीपूजा गर्दा बालेर छोडिएको दियोबाट आगो सल्किएको अनुमान छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com