अनामनगरको कार्की भवनमा भीषण आगलागी, करोडौंको क्षति 


काठमाडौं । काठमाडौंको अनामनगरस्थित कार्की भवनमा भीषण आगलागी भएको छ । आगलागीबाट करोडौंको क्षति पुगेको छ ।

सिंहदरबारको पूर्वी गेट नजिकै रहेको अनामनगरको बाजेको सेकुवाबाट भित्र सामाजिक विकास चोकतर्फ जाने बाटोमा रहेको कार्की भवनमा आगलागी भएको हो ।

कार्की भवनमा आगलागी हुँदा करोडौंको ल्यापटप, कम्युटर, फर्निचरलगायतका मूल्यवान सामान जलेको छ ।

डेकोरेसनसहित झ्यालका सिसा सोफालगायत महत्वपूर्ण र मूल्यवान सामान आगो लागेर जल्दा करोडौंको क्षति पुगेको देखिन्छ ।

 

कार्की भवन भित्र रहेको फर्निचरबाट आगो लागेको हो । दुईवटा दमकल आएर एक घण्टापछि आगो नियन्त्रणमा लिएको हो ।

कार्की भवनमा आगो लागेपछि अनामनगर आसपासको विद्युत आपूर्त  (लाइन) काटिएको थियो ।

प्रहरी र दमकल परिचालन गरेर आगो नियन्त्रणमा लिएपछि अहिले लाइन छोडिएको छ । कार्की भवनमा आगो लाग्दा अनामनगरमा ठूलो त्रास पैदा भएको थियो ।

अहिले कार्की भवनको आगो र अनामनगरको अवस्था नियन्त्रणमा आइसकेको छ ।

जुद्ध बारुण यन्त्रबाट आएको दुईवटा दमकल आगो निभाएर फर्किसकेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com