रजनी जोन्छें बागमती प्रदेशको स्वास्थ्यमन्त्री बन्दै !


काठमाडौं । नेपाली कांग्रेसकी बागमती प्रदेशसभा सदस्य रजनी जोन्छेंलाई बागमती प्रदेशको मन्त्री बनाउने तयारी भएको छ ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले जोन्छेंलाई बागमती प्रदेश सरकारको मन्त्री बनाउने घोषणा गरेका छन् । शहीद राधेश्याम जोन्छें पत्नी रजनीलाई प्रधानमन्त्री देउवाले मन्त्री बनाउने सार्वजनिक घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसले भक्तपुरमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले शहीद राधेश्याम जोन्छें पत्नीलाई मन्त्री बनाउने आफ्नो चाहना रहेको बताए ।

शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानकी अध्यक्ष रहेकी रजनीले देउवाले आफूलाई मन्त्री बनाउने भनेकाले आशा बढेको बताइन् । आफूलाई सामजिक क्षेत्रसँग जोडिएको मन्त्रालयमा जाने इच्छा भएकाले स्वास्थ्य मन्त्रालय दिए उपयुक्त हुने उनको भनाइ छ ।

स्वास्थ्य लाइभसँग कुराकानी गर्दै जोन्छेंले मन्त्री बनाउने कुरा आएपनि पार्टीले कुन मन्त्रालय दिन्छ भन्ने कुरा छलफल भएपछि टुंगो लाग्ने सुनाइन ।  आफू पार्टीले दिएको जिम्मेवारी पूरा गर्न तयार रहेको उनको धारणा छ । जोन्छें भक्तपुरबाट समानुपातिको हैसियतमा प्रदेश सभा सदस्य बनेकी हुन् ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com