बागमतीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै, आजै स्वास्थ्यमन्त्री नियुक्ति हुने


काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आजै विश्वासतको मत लिने भएका छन् । पाण्डेलाई विश्वावास मत प्राप्त गर्नका लागि ५५ मत आवश्यक पर्छ त्यो मत कांग्रेस, माओवादी र समाजवादीसँग स्पष्ट रहेको छ ।

विश्वासको मत प्राप्त गरेलगत्तै मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । उनले बागमती प्रदेशको स्वास्थ्यमन्त्री पनि आजै नियुक्त गर्ने सम्भावना छ ।

बागमती प्रदेश सरकारको स्वास्थ्यमन्त्रीमा कांग्रेसबाट रजनी जोन्छेंलगायतको चर्चा छ । त्यस्तै नेकपा एकीकृत समाजवादीबाट मुनु सिग्देल, मीना ज्ञवालीलगायतको सम्भावना रहेको देखिन्छ ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com