स्वास्थ्य लाइभ फलोअप

यस कारण अयोग्य छन् कर्णालीका उपकुलपति डा. रावल


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति सिफरिस समितिको सचिवालयले २०७७ फागुन २४ गते उपकुलपति पदका लागि आवेदन माग गरिएको सूचना प्रकाशित गर्‍यो ।

सूचनामा ‘पाटन, पोखरा, कर्णाली स्वास्थ्य स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा रिक्त उपकुलपति पदमा नियुक्तिका लागि सम्बन्धित प्रतिष्ठनको कुलपतिसमक्ष सिफारिस गर्ने प्रयोजनका लागि स्वास्थ्य मन्त्रालयको वेबसाइटमा रहेको  स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ बमोजिम योग्यता पुगेका इच्छुक उम्मेद्‌वारले आफू नियुक्त हुन चाहेको प्रतिष्ठानको लागि सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र (अन्तिम दिन सार्वजनिक विदा परेकाले सो को भोलिपल्ट) सिफारिस समितिको सचिवालय (नीति तथा योजना शाखा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय) रामशाहपथ  काठमाडौंमा आवेदन पेश गर्नु हुन् सरोकारवाला सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’ भन्ने उल्लेख थियो ।

मन्त्रालयले प्रकाशित गरेको सूचनामा यी कागजातहरू संलग्न गर्नुपर्नेछ भन्दै प्रस्ट खुलाएको देखिन्छ । उक्त सूचनामा आवेदनकर्ताले स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ मा उल्लेखित योग्यता तथा अनुभवका अतिरिक्त निम्म विषयहरू संलग्न गरी आवेदन दिनुपर्ने छ भनिएको छ ।

१. रितपूर्वकको निवेदन

२. सम्बन्धित प्रतिष्ठानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न तयार गरिएको सिलवन्दी व्यवसायिक कार्ययोजना

उपकुलपति पदका लागि आवेदन माग गरिएको सूचना

स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ स्वीकृत भइ कार्यान्वयनमा रहेकाले उक्त मापदण्ड उपकुलपति सिफारिस समितिले अनिवार्य पालना गर्नु पर्ने हुन्छ ।

मापदण्डमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति हुन मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी कम्तीमा सह- प्राध्यापक वा मन्त्रालय सम्बद्ध निकायमा कम्तीमा दशौँ तह वा सो सरहको पदमका काम गरेको हुनुपर्ने उल्लेख छ ।

मापदण्डमा उल्लेखित व्यहोरा

मन्त्रालयले उपकुलपतिका लागि फागुन २४ गते आवेदन मागेकोमा चैत्र ८ गते प्रारम्भिक सूची प्रकाशन गरेको थियो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पदमा नियुक्तिका लागि आवेदन दिने उम्मेदवारको प्रारम्भिक सूचीमा १४ जनाको दाबी परेको देखिन्छ । जसमा उपकुलपतिमा नियुक्त भएका डा. मंगल रावलको नाम तीन नम्बरमा छ ।

 

मापदण्ड स्वीकृत भएको जानकारी पत्र

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति हुन मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी कम्तीमा सह- प्राध्यापक वा मन्त्रालय सम्बद्ध निकायमा कम्तीमा दशौँ तह वा सो सरहको पदमका काम गरेको हुनुपर्ने मापदण्डविपरीत असिस्टेण्ड प्रोफेसर डा. रावलको नाम प्रारम्भिक सूचीमा राखिएको पाइएको छ ।

उपकुलपतिको लागि आवेदन दिएकाहरूको प्रारम्भिक सूची

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेन्द्रराज वाग्लेले २०७७ पौष २० गते दिएको पत्रमा प्रज्ञिक परिषद्‌को बैठकबाट निर्णय भएको हुँदा अर्थोपेडिक तथा ट्रमा सर्जरी विभागको ससोसिएट प्रोफेसरका रुपमा कामकाज गर्नेगरी थप जिम्मेवारी दिएको उल्लेख गरेका छन् ।

कामकाज गर्न मात्रै दिएको अधिकार पत्र

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति हुन मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी कम्तीमा सह- प्राध्यापक वा मन्त्रालय सम्बद्ध निकायमा कम्तीमा दशौँ तह वा सो सरहको पदमका काम गरेको हुनुपर्नेमा असिस्टेण्ड प्रोफेसर डा. रावलले कामकाजको थप जिम्मेवारी पाएको ससोसिएट प्रोफेसरलाई बढुवा भएको सरह मानेर उपकुलपतिमा दाबी गरेको देखिन्छ । जुन गलत र मिल्दै नमिल्ने कुरा हो ।

मापदण्डअनुसार योग्यता नै नपुगेका व्यक्तिलाई उपकुलपति नियुक्तिका लागि सिफारिस समितिले अख्तियारको दुरूपयोग गर्दै प्रारम्भिक सूची प्रकाशित भएको तीन दिनपछि चैत्र ११ गते कुलपतिसमक्ष सिफारिस गरेको पाइएको छ ।

जसमा डा. मंगल रावल, डा. पुजन कुमार रोकाया, प्राडा रेशम बहादुर राना उपकुलपति नियुक्तिका लागि कुलपतिसमक्ष  सिफारिस भएको पत्रबाट देखिन्छ ।

कुलपतिसमक्ष  सिफारिस भएको पत्र

सिफरिस समितिले तीन जनाको नाम उपकुलपति नियुक्तिका लागि सिफारिस गरेकोमा कुलपतिले त्योमध्ये योग्यता नै नपुगेका डा. मंगल रावललाई चैत्र २२ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपकुलपति नियुक्त गरेको प्राप्त कागजातबाट खुल्न आएको छ  ।

प्राप्त कागजातबाट नै डा. रावल मापदण्डअनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति हुन अयोग्य रहेकाले छानबिन समिति गठन गरी तत्काल सिनेट बोलाएर बर्खास्त गर्न जरुरी छ ।

सरकारले उपकुलपति डा. रावलसहितका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी कामकाजमा रोक लगाइसकेको छ । अब अयोग्य व्यक्तिलाई गरिएको नियुक्ति सच्याउन तत्काल कदम चाल्न आवश्यक छ ।

अयोग्य व्यक्तिले नियुक्ति खाएकाले डा. रावलले प्रतिष्ठानमा उपकुलपतिको हैसियतमा लिएको तलब भत्तालगाएतका सुविधा बेरुजु जनाएर सरकारी बाँकी सरह असुल उपर गर्नुपर्ने देखिन्छ ।

 

 

 

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com