कर्णाली प्रतिष्ठानका उपकुलपति डा. रावललाई कामकाजमा रोक


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ‘अयोग्य’ पदाधिकारीलाई कामकाज गर्न रोक लगाएको छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडा निकट स्रोतकाअनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल र रजिष्ट्रार निपेन्द्र महतलाई तत्काल कामकाज नगर्न निर्देशन दिएको हो  । स्वास्थ्य लाइभले नियमित रुपमा कर्णाली प्रतिष्ठानका पदाधिकारीको योग्यतामाथि प्रश्न उठाएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाललाई दैनिक कामकाज नगर्न निर्देशन दिएको हो ।

मंगलबार स्वास्थ्यमन्त्री खतिवडाले मन्त्रिस्तरीय निर्णय गर्दै मिडियामा योग्यतामाथि प्रश्न उठेको र मुद्दा टुंगोमा नलाग्दै नियुक्ति भएको भन्दै अर्को व्यवस्था नहुदासम्म काम नगर्न निर्देशन दिएका हुन् । स्रोतकाअनुसार निर्णय मंगलबार दिउँसो भएको छ ।

मन्त्री निकट स्रोतले भन्यो, ‘योग्यता नपुगेको कुरा मिडियामा आयो, अदातलबाट पनि विषय टुगिंएको छैन । यस्तो अस्वस्थामा नियमित कामकाज गर्न प्रतिबन्ध लगाइएको हो ।’, उपकुलपति रावल र रजिष्ट्रार महतले यस बीचमा कयौं नियुक्त र निर्णयहरु गरेका छन् । उनले यसबीचमा गरेका सबै निर्णय स्थगित गरिएको छ भने, कर्मचारीहरुलाई काम गर्न प्रतिबन्ध लगाइएको छ ।

डा. रावललाई कर्णाली प्रतिष्ठाको उपकुलपति नियुक्त गर्दा स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ को ठाडो उल्लंघन गरिएको थियो । मापदण्डमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति हुन मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी कम्तीमा सह- प्राध्यापक वा मन्त्रालय सम्बद्ध निकायमा कम्तीमा दशौँ तह वा सो सरहको पदमका काम गरेको हुनुपर्ने उल्लेख छ । कर्णालीका उपकुलपति डा. रावलको हकमा यी दुबै योग्यता नपुग्ने कुरा स्वास्थ्य लाइभले खुलास गरिसकेको छ ।

सर्वोच्च अदालतले कर्णालीको उपकुलपति नियुक्तिको विषयलाई यथास्थितिमा राख्नू भनि अन्तरिम आदेश दिँदादिँदै त्यसलाई छलेर सरकारले रावललाई प्रतिष्ठानको उपकुलपति बनाएको थियो।

उपकुलपति र रजिष्ट्रारको अनुभव तथा योग्यतामाथि प्रश्न उठेकाले छानबिन समिति गठन गरेर कर्णाली प्रतिष्ठानका पदाधिकारी बर्खास्त गर्ने सरकारको तयारी छ ।

‘अयोग्य’ डा. रावलले गरेका चलखेलका विषयमा स्वास्थ्य लाइभले थप प्रमाण फेला पारेको छ । स्वास्थ्य लाइभले तथ्य र प्रमाणसहित अन्य समाचार पनि प्रकाशित गर्दै जानेछ ।

थप समाचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ‘अयोग्य’ पदाधिकारी अझै हटेनन्

अदालतको अन्तरिम आदेश छलेर यसरी नियुक्त भएका थिए कर्णालीका भिसी रावल

कर्णालीका ‘अयोग्य’ पदाधिकारीलाई कामकाजमा रोक लगाऊ

 

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com