अदालतको अन्तरिम आदेश छलेर यसरी नियुक्त भएका थिए कर्णालीका भिसी रावल


काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलति भिसी) डा. मगल रावल अदालतको अन्तरिम आदेश छलेर नियुक्ति भएको पाइएको छ । स्वास्थ्य लाइभलाई प्राप्त कागजातअनुसार अदालतले नियुक्ति नगर्न अन्तरिम आदेश दिएपनि त्यसलाई छलेर डा. रावललाई भिसीमा नियुक्ति गरिएको पाइएको हो ।

सर्वोच्च अदालतले २०७७ चैत्र २० गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्ति गर्ने लगायतका सहकुलपति र प्रतिष्ठानको निर्णयसमेत कार्यान्वयन नगरी याथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको दुई दिनपछि चैत्र २२ गते डा. रावललाई उपकुलपतिमा नियुक्ति गरेको पाइएको छ ।

अदालतको आदेश छलेर ‘अयोग्य’ व्यक्तिलाई उपकुलपति नियुक्ति गरेको अर्को तथ्य स्वास्थ्य लाइभले फेला पारेको हो ।

उपकुलपति डा. रावल भने आफू नियम अनुसार नियुक्ति भएकाे जिकिर गर्छन् । उनले नियमअनुसार आफू कर्णालीभिमीमा नियुक्ति भएकाे दाबी गर्दै उनले अहिले आएर विवाद झिक्नुकाे कुनै अर्थ नरहेको टिपण्णी गरे ।

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com