कर्णालीका ‘अयोग्य’ पदाधिकारीलाई कामकाजमा रोक लगाऊ


समाचार टिप्पणी

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका अयोग्य पदाधिकारीलाई तत्काल काम काज गर्न रोक्नु पर्ने देखिन्छ ।

प्रतिष्ठानको पदाधिकारीमा नियुक्त भएका उपकुलपति डा. मंगल रावलको योग्यतामाथि प्रश्न उठेकाले कामकाजमा रोक लगाएर छानबिन प्रक्रिया अघि बढाउन जरुरी छ । केही समयका लागि जिम्मेवारी पाएका उनले सह-प्राध्याकको हैसियतमा कर्णाली प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भएकाले उनको योग्यताको विषयमा खोजविन हुनैपर्छ ।

रावललाई कर्णाली प्रतिष्ठाको उपकुलपति नियुक्त गर्दा स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ को ठाडो उल्लंघन गरिएको छ । मापदण्डमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति हुन मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी कम्तीमा सह- प्राध्यापक वा मन्त्रालय सम्बद्ध निकायमा कम्तीमा दशौँ तह वा सो सरहको पदमका काम गरेको हुनुपर्ने उल्लेख छ ।  कर्णालीका उपकुलपति डा. रावलको हकमा यी दुबै योग्यता पुग्दैनन्

अर्कोतर्फ सर्वोच्च अदालतले कर्णालीको उपकुलपति नियुक्तिको विषयलाई यथास्थितिमा राख्नू भनि अन्तरिम आदेश दिँदादिँदै उनलाई प्रतिष्ठानको उपकुलपति बनाएको देखिन्छ । हरेक हिसाबले अयोग्य देखिएका रावललाई तत्काल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कामकाज गर्न रोक लगाएर छानबिन गरी बर्खास्त गर्न  आवश्यक छ ।

यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारमा नियुक्त भएका निपेन्द्र महतको पनि आर्थिक तथा प्रशासनिक अनुभव देखिँदैन । युवा संघका उपाध्यक्ष भएकै हैसियतमा कर्णालीको रजिष्ट्रार भएका महतलाई पनि कामकाजमा रोक लगाउनु पर्ने देखिन्छ । सिनेट बोलाएर प्रक्रियामार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अयोग्य पदाधिकारी बर्खास्त गर्न बिलम्ब गर्न हुन्न ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com