मन्त्रीदेखि सहसचिवसम्मको हैसियत प्राप्त प्रधानमन्त्रीको टिम


काठमाडौं प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रीदेखि सहसचिवसम्मको हैसियत प्राप्त सल्लाहकार, विज्ञ र स्वकीय गरी ११ सदस्यीय टिम बनेको छ। कानुन अनुसार यिनीहरूले गाडीसहितको सुविधा पाउँछन्।

प्रधानमन्त्री बालेनका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार मन्त्री सरहका हुन्। तलब सुविधा नलिने अवैतनिक मुख्य सल्लाहकारको भूमिकामा उनले जिम्मेवारी वहन गरिरहेका छन्। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह मन्त्री सरहकै हैसियत प्राप्त हुन्। अवैतनिक स्वास्थ्य सल्लाहकारको भूमिकामा रहेका प्रा.डा.जगदिश प्रसाद अग्रवाल पनि मन्त्री सरहकै हैसियतमा नियुक्त भएका छन्। उनी बालेनका विज्ञ सल्लाहकार हुन्।

नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदिप ढकाल र सूचना तथा सञ्‍चार प्रविधि सल्लाहकार विवेक मिश्र राज्यमन्त्री सरहका हुन्।

 प्रधानमन्त्री बालेनका प्रमुख स्वकीय सचिव सुवाष शर्मा सचिव सरह विशिष्ट श्रेणीको हैसियतमा कार्यरत छन्। स्वकीय सचिव नवीन भण्डारी, स्वकीय सहसचिव (विकास परियोजना) सञ्‍जिव पाण्डे, स्वकीय सहसचिव (प्रेस तथा अनुसन्धान विज्ञ) दिपा दाहाल, कार्यक्रम तथा भ्रमण संयोजक सन्तोष गिरी र विज्ञ (सामाजिक विकास) विश्व राई सहसचिव सरहको सुविधा लिनेगरी नियुक्त भएका हुन्।

प्रधानमन्त्रीको सचिवालयमा रहेका प्रकृति ढकाल, विशाल अधिकारी, सुमन गौतम र रवि किरण अधिकारी उपसचिव सरह, सुरेन्द्र बजगाई, रोशन तामाङ्‍ग, बेदानन्द जोशी र हेम नारायणदास चौधरी शाखा अधिकृत सरहका हुन्।

अनुप थापा मगर, ऋषी थापा, अमृत पाण्डे, राजकुमार गौतम र बेनिस कार्की नायब सुब्बा सरहको जिम्मेवारीमा छन्।प्रधानमन्त्री बालेनको सल्लाहकार, विज्ञ र स्वकीय गरेर २५ सदस्य टिम बनेको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ