६ जिल्लामा प्रमुख जिल्ला अधिकारी रिक्त


काठमाडौं। ६ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) रिक्त हुन पुगेका छन्। सहसचिवको दरबन्दी भएको एक र उपसचिवको दरबन्दी भएको १ गरी ६ जिल्लामा सिडिओ रिक्त भएका हुन्।

सहसचिवको दरबन्दी भएको उदयपुर, रामेछाप, दैलेख, कपिलवस्तु र प्युठानमा सिडिओ रिक्त भएको हो। उपसचिवको दरबन्दी भएको तेह्रथुममा पनि सिडिओ रिक्त हुन पुगेकाे छ।

उदयपुरका सिडिओ मेखबहादुर मंग्राती र दैलेखका सिडिओ आनन्द सरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरूवा भएका छन्। रामेछापको सिडिओ बिनु बज्राचार्य कुँवर गृह मन्त्रालय तानिएकी छिन्। कपिलवस्तु सिडिओ जनार्दन गौतमले राजीनामा दिएपछि उक्त जिल्लामा स्वतः सिडिओ खाली भएको हो।

प्युठानका सिडिओ शान्ती प्रसाई सिराहाको सिडिओमा सरूवामा सरूवा भएपछि उक्त जिल्लामा पनि सिडिओ रिक्त भएको हो। एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा उपसचिव सिडिओ दरबन्दी राख्द उपयुक्त हुनथ्यो। तर सहसचिव दरबन्दी कायम हुँदा सहसचिव सिडिओ नै खटाउनु पर्ने बाध्यता देखिन्छ। सरूवा भएपछि उक्त जिल्लामा पनि सिडिओ रिक्त भएको हो। एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा उपसचिव सिडिओ दरबन्दी राख्द उपयुक्त हुनथ्यो। तर सहसचिव दरबन्दी कायम हुँदा सहसचिव सिडिओ नै खटाउनु पर्ने बाध्यता देखिन्छ।

उपसचिवको दरबन्दी रहेको तेह्रथुमको सिडिओ बन्दना राईको स्थानीय तहमा सरूवा हुँदा त्यहाँ पनि सिडिओ रिक्त भएको छ। गृहले तेह्रथुममा अहिलेसम्म उपसचिव सिडिओ खटाएको छैन।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ