मेलम्ची बाढी पीडितलाई महलम लगाउने लामा बागमतीको स्वास्थ्यमन्त्री


काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा गएको बाढी पीडितलाई महलम लगाउने निमा लामा बागमती प्रदेशको स्वास्थ्यमन्त्री बनेका छन् ।

सिन्धुपाल्चोकबाट बागामती प्रदेशसभा सदस्यमा निर्वाचित लामालाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको हो । बागमती प्रदेश कांग्रेस संसदीय दलका सचिव लामालाई मुख्यमन्त्री राजेन्द्रपसाद पाण्डेले स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मेलम्ची बाढी पहिरो पीडितको औषधि उपचारमा डटेर लागि परेका उनी स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा पुगेका हुन् । बाढी पहिरो पीडितलाई अस्थायी बसोबासको व्यवस्थापन र आवश्यक खाद्य सामग्री जुटाउन खटिने लामा मन्त्री भएसँगै सिन्धुपाल्चोकमा खुसीयाली छाएको छ ।

क्याटेगोरी : प्रदेश

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com