राजीनामा दिएर ‘भाग्ने’ वीपीका रजिष्ट्रार रेग्मीलाई पनि कारबाही हुने 


काठमाडौं । राजीनामा दिएर ‘भाग्ने’ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीलाई पनि कारबाही हुने भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अनियमितताका विषयमा छानबिन गर्न गठित समितिले रजिष्ट्रार रेग्मीमाथि पनि कारबाहीको सिफारिस गरेको हो । समितिका सदस्य तिलक राईले रजिष्ट्रार रेग्मी पनि प्रतिष्ठानमा भएका कयौं खरिदलगायतका अनियमिततामा जोडिएकाले कारबाही गर्न सिफारिस गरिएको बताए । रजिष्ट्रार रेग्मी कयौं अनियमिततामा संलग्न रहेको देखिएकाले कारबाही गर्न आवश्यक देखिएको उनको भनाइ छ ।

रेग्मीले वीपीको रजिष्ट्रार बन्न मन्त्रीलाई ७ करोड घुस खुवाएको चर्चा चल्ने गरेको छ । यो विषयमा स्वास्थ्य लाइभले विशेष खुलासा गरिसकेको छ ।

वीपीका पदाधिकारीहरू अनियमिततामा संलग्न रहेको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन सचिव बैकुण्ठ अर्याल संयोजकत्वको छानबिन समितिले दिएको थियो । त्यो प्रतिवेदमा सबै पदाधिकारीको आचरणमा प्रश्न उठाएपछि कारबाहीबाट बच्ने उद्देश्य रजिष्ट्रार रेग्मीले राजीनामा दिएको चर्चा चल्ने गरेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको संयोजकत्वमा गठित छानबिन समितिले रेग्मीमाथि पनि कारबाही गर्न सिफारिस गरेको हो ।

समितिले  विवादमा परेपछि राजीनामा दिएर भागेका रजिष्ट्रार रेग्मीले अख्तियारको दुरुपयोग, आचरणविपरीत काम र आर्थिक अनियमितता गरेको औँल्याएको छ ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com