नोबेल अस्पतालले कसरी बाँड्यो साढे ७ करोड ?


काठमाडौं । नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालले बोनसका नाममा साढे ७ करोड बढी पैसा कर्मचारीलाई बाँडेको छ । नोबेल अस्पतालले कर्मचारीलाई बोनस र चाडपर्व भत्ता भन्दै उक्त रकम बाढेको हो ।

अस्पतालका प्रशासनकाअनुसार नोबेलले कर्मचारीलाई मेडिकल कलेज र अस्पतालबाट आएको नाफाको करिब ६ करोड २५ लाख र चाडपर्वको नाममा करिब १ करोड ३३ लाख पैसा वितरण गरेको छ ।  नोबेलमा कार्यरत १६ सय कर्मचारीलाई बोनस र चाडपर्व भत्ता गरेर साढे ७ करोड बढी रकम वितरण गरिएको अस्पताल प्रशासनको भनाइ छ ।

तलब भत्तामा मात्र मासिक ७ करोड बढी खर्च गर्ने नोबेलले त्यो भन्दा बढी बोनस र चाडपर्वमा बाँडेको हो । सरकारलाई २२ करोड कर तिरेर नोबेल यसपटक शिक्षा र स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने संस्थामा दर्ज भएको छ । नोबेल अस्पताल यी सबै हेर्दा नोबेलले सेवाग्राहीसँग राम्रै पैसा लिएको देखिन्छ ।

बिराटनगरको नोबेलका सञ्चालक सुनिल शर्माले काठमाडौंस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालसमेत किनेका छन् ।

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com