महरालाई ‘फसाउने’ रोशनी शाही आएपछि स्वास्थ्यमा भागाभाग


काठमाडौं । तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई ‘फसाउने’ रोशनी शाही स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आउन थालेपछि कर्मचारीबीच भागाभाग सुरु भएको छ ।

संसद सचिवलायमा काजमा गएकी अनमी शाही काज फिर्तासँगै स्वास्थ्य मन्त्रालयमा आएर किचकिच गर्न थालेपछि कर्मचारीहरू कार्यकक्ष छाडेर भाग्न थालेका हुन् । उनी आन्तरिक प्रशासन महाशाखामा धर्ना दिएर बस्न थालेकी छिन् ।

नियमित हाजिर गरेर बस्ने भन्दा किचकिच बढी गर्न थालेको भन्दै आन्तरिक प्रशासनका कर्मचारी वाक्क भएर कार्यकक्ष छाड्न बाध्य भएको सुनाउँछन् । ‘उहाँले काम नै गर्नुपर्दैन, हाजिर गरेर चुपचाप गए हुन्थ्यो तर किचकिच र अनावश्यक बखेडा झिक्न थालेकाले कार्यकक्षमा बसेर काम गर्नै असहज भएको छ ।’, स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले स्वास्थ्य लाइभसँग  भने ।

अहिले पनि काज फिर्ता आएकी अनमी शाही आन्तरिक प्रशासनमा धर्ना दिएर बसिरहेकी छिन् । स्वास्थ्यका कर्मचारीहरु काम गर्ने वातावरण नभएको भन्दै तितरबितर भएका छन् ।

 

तत्कालीन सभामुख महराले  शाहीलाई संसद सचिवालयमा स्वास्थ्यबाट काजमा लगेका थिए । बलात्कारको आरोप लागेपछि महराले सभामुख गुमाएका थिए । पछि फेरि शाहीले नै  अदालतमा महराको बचाउ गरिन् र  उनले मुद्दा जिते । त्यसैले उनीमाथि महरालाई फसाएको आरोप लागेको हो ।

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com