दीर्घरोगीले लगाउने फाइजर खोपको पहिलो डोज भोलिसम्म, यी ठाउँमा गएर लगाउन सकिन्छ


काठमाडौं । १२ वर्षमाथिका उमेर समूहमा रहेका दीर्घरोगीलाई दिन थालिएको फाइजर खोप   मंसिर ४ (भोलि)सम्म मात्र लगाउने कार्यतालिका छ ।

मिर्गौला, मुटुको, क्यान्सर, उच्च रक्तचाप वा मधुमेह, रोग प्रतिरोधात्मक क्षमता कम भएका तथा मस्तिष्कसम्बन्धी रोग भएकालाई फाइजर खोपको पहिलो मात्रा दिइरहेको छ ।

यस्ता दीर्घरोगीहरूलाई नजिकको खोप केन्द्रमा लगेर खोप लगाउन सकिन्छ ।

खोप लगाउन कहाँ जाने ?

✡️ वीर अस्पताल

✡️वीरेन्द्र सैनिक अस्पताल

✡️सिभिल अस्पताल

✡️त्रिवि शिक्षण अस्पताल

✡️शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र

✡️पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल

✡️शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र

✡️मेची प्रादेशिक अस्पताल

✡️वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

✡️कोसी अस्पताल

✡️गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान

✡️नारायणी प्रादेशिक अस्पताल

✡️जनकपुर प्रादेशिक अस्पताल

✡️वीपी कोइराला स्मृति क्यान्सर अस्पताल, चितवन

✡️ धुलिखेल अस्पताल

✡️पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

✡️धौलागिरि अस्पताल, बाग्लुङ

✡️कर्णाली प्रादेशिक अस्पताल

✡️लुम्बिनी प्रादेशिक अस्पताल

✡️राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ

✡️भेरी अस्पताल,नेपालगञ्ज

✡️ सेती प्रादेशिक अस्पताल, धनगढी

✡️डडेल्धुरा अस्पताल

 

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com