मन्त्री खतिवडाको विशेष चासोपछि श्यामलालको उपचार वीर अस्पतालमा सुरु


काठमाडौं । पेटमा पानी भरिने एक खालको रोगबाट १३ वर्षदेखि ग्रसित श्यामलाल सार्कीको उपचार वीर अस्पतालमा सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको विशेष चासोमा ४९ वर्षिय नेपालीको उपचार  वीर अस्पतालमा सुरु भएको हो ।

समाजिक सञ्जालमा पूर्व सचिव भीम उपाध्यायले श्यामलालको उपचारका लागि विशेष अभियान नै सञ्चालन गरेका थिए । उपाध्यायको सक्रियतामा सार्कीलाई काठमाडौंसम्म ल्याउने काम भएको थियो । त्यसपछि स्वास्थ्यमन्त्री विरोध खतिवडाले चासो देखाएका हुन्।

एसाइटिस नामक रोगका कारण सन्धीखर्क नगरपालिका वडा नं ९ नौलापानीका नेपाली हिँडडुल गर्नसमेत नसक्ने अवस्थामा थिए । विपन्न, गरिव र दलित परिवारमा जन्मिएका नेपालीको अहिले वीर अस्पतालको मेल मेडिकल वार्ड अन्तर्गत बेड नं १२३ मा उपचार भैरहेको छ ।

‘अस्पतालबाट प्राप्त हुनसक्ने जति सबै सुविधा निशुल्क हुनेनेगरी उहाँको उपचार भैरहेको छ ।’ मन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारीले भने । उनको अल्ट्रासाउन्ड, इन्डोस्कोपी लगायतका परिक्षणहरु भैसकेको छ । कलेजोमा समस्या देखिएको र पेटको पानी निकाल्ने काम पनि हरेक दिनजसो भैरहेको चिकित्सकहरुले जनाएका छन् ।

पूर्व सचिव उपाध्यायकाअनुसार स्थानीय व्यावसायी प्रदीप मिश्रले उपलब्ध गराएको एमाबुलेन्समार्फत सार्कीलाई काठमाडौं ल्याइएको हो । सन्तोष लोहनी मन्त्रीको सचिवालयसँग नातेदार समन्वय गरेर वीरमा ल्याएर उपचार निःशुल्क गरिएको उनको भनाइ छ । ‘अहिले सबै सहयोग समन्वय तथा दौडधुपको काम सन्तोषले गरिरहेका छन् । करिब साढे ३ लाख सहयोग जुटिसकेको छ।’, पूर्व सचिव उपाध्यायले स्वास्थ्य लाइभसँग भने ।

युट्युबर मोहन बस्नेतले भिडियो बनाए र श्यामलालको बारेमा आफूले पोष्ट गरेपछि भाइरल र आर्थिक सहयोग जुटाउन सुरू भएको उनले बताए

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com