कोरोनाको ओमिक्रोन भेरियन्टको उच्च जोखिममा नेपाल


काठमाडौं । दक्षिण अफ्रिकामा देखा परेको कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट डेल्टा भन्दा खतरनाक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ओमिक्रोन नाम करण गरेको हो ।  डब्लुएचओले उक्त भाइरस पहिला देखिएको भन्दा बढी खतरनाक रहेको बताएको छ ।

विश्वव्यापीकरणले गर्दा नेपाल पनि उक्त भेरियन्टको उच्च जोखिममा रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।  मन्त्रालयका सहायक प्रवक्ता समिर अधिकारीले विश्वव्यापीकरणले नेपालमा भएको मान्छे र त्यताबाट नेपाल आउने मान्छे जो जता पनि पुग्न सक्ने अवस्था रहेकाले नेपाल पनि उक्त भरियन्टको जोखिममा रहेको स्पष्ट पारे । स्वास्थ्य सुरक्षाको मापदण्डलाई विशेष ख्याल गर्नुपर्ने उनको सुझाव छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com