भीम आचार्यलाई कोरोना पुष्टि भएपछि एमाले महाधिवेशनमा कडाई


काठमाडौं । प्रदेश एकका पूर्व मुख्यमन्त्री एवं नेकपा (एमाले) का सचिव भीम आचार्यलाई कोरोना संक्रमणको पुष्टि भएपछि नेकपा एमाले महाधिवेशन स्थालमा कडाई गरिएको छ ।

उनलाई चिकित्सकको निगरानीमा सेभेन स्टार होटलमा आइसोलेसनमा राखेर महाधिवेशन स्थलमा सहभागीको स्वास्थ्य परीक्षण गर्दै पठाउन थालिएको हो ।

सचिव आचार्यलाई कोरोना संक्रमण भएपछि बन्द सत्रमासमेत ढिलाई भएको छ । १०औं महाधिवेशनमा सहभागी भएका उनलाई हिजोबाटै ज्वरो आएको थियो । ज्वरो आएपछि गरिएको परीक्षणमा सचिव आचार्यमा कोरोना संक्रमण पुष्टि भएको हो ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com