गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा. भट्टचनलाई पठाउने तयारी, पोषण शाखा प्रमुख हटाइए


काठमाडौं ।  गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. अनुज भट्टचनलाई पठाउने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको छ । स्वास्थ्य मन्त्रालयले गरेको निर्णय मन्त्रीपरिषद्मा लैजान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएको छ ।

गत असार ८ गते गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवको जिम्मेवारी डा. विनोद विन्दु शर्मालाई दिइएको थियो । स्वास्थ्य सचिव डा. रोशन पोखरेल विश्व स्वास्थ्य संगठनको कार्यक्रममा भाग लिन जेनेभा जानु अघि केही कर्मचारीको सरुवा गरेर हिँडेका हुन् ।

त्यस्तै स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख केदार पराजुलीलाई हटाइएको छ । उनको ठाउँमा हालै स्तर बृद्धि भएका ललित थापालाई ल्याइएको छ । यता स्वास्थ्य मन्त्रालयको अन्तराष्ट्रिय समन्वय महाशाखामा डा संगिता मिश्रलाई ल्याइएको छ । निती योजना महाशाखामा डा तारानाथ पोखरेललाई ल्याइएको छ । डा. गुणराज लोहनी प्रमुख विशेषज्ञमा बढुवा भएपछि उक्त महाशाखा खाली थियो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com