कांग्रेस प्रदेश सदस्यमा भिड्दै २४ वर्षीय चिकित्सक अलविरा


काठमाडौं । पेशाले चिकित्सक रहेकी अलविरा खान नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सदस्यमा भिड्दै छिन् ।  २४ वर्षीया डा.अलविरा खान प्रदेश सदस्यको उम्मेदवार बनेलगत्तै उनी चर्चामा आएकी हुन् ।

१८ वर्षको उमेरमा कांग्रेसको क्रियाशिल सदस्यता लिएकी डा. अलविराले चिकित्सा पेशासँगै राजनीतिमा सक्रिय रुपमा लाग्न उम्मेदवारी दिएको दाबी गरिन् ।

बाबु अंकित मियाको प्रेरणाबाट आफू राजनीतिमा लागेको बताउने चिकित्सक अलविराले स्वास्थ्य लाइभका  प्रतिनिधिसँग कुरा गर्दै बिरामीको उपचारसँगै राजनीतिलाई पनि  अगाडि बढाउने सुनाइन् ।   मुस्लिम समुदायकी महिला खानले संस्थापनइतर समूहको प्यानलबाट प्रदेश सदस्यमा उम्मेदवारी दिएकी  हुन्  ।

कपिलवस्तु–३ को प्रदेश सभा (ख)बाट प्रतिनिधि भएर उनी लुम्बिनी प्रदेश समिति सदस्यमा उम्मेदवार बनेकी हुन् । खानले चिकित्सक पनि राजनीतिमा अब्बल छन् भनेर प्रमाणित गर्ने धारणा राखिन् ।

 

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com