स्वास्थ्यकी यशोदा अर्याल प्रमुख जनस्वास्थ्य प्रशासकमा सिफारिस 


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत बरिष्ठ जनस्वास्थ्य प्रशासक यशोदा अर्याल प्रमुख जनस्वास्थ्य प्रशासकमा सिफारिस भएकी छिन् ।

मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखामा कार्यरत बरिष्ठ जनस्वास्थ्य प्रशासक अर्याल लोकसेवा आयोगले लिएको लिखित तथा मौखिक परीक्षामा प्रमुख जनस्वास्थ्य प्रशासक (एघारौँ तह)मा नाम निकाल्न सफल भएकी हुन् ।

लोकसेवा आयोगको सूचनाअनुसार नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, एघारौँ तह, प्रमुख जनस्वास्थ्य प्रशासक पदमा तीनजना उम्मेदवारमध्ये अन्तर्वार्ता र लिखित परीक्षासमेतको प्राप्तांक आधारमा अर्याललाई बढुवा नियुक्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सिफारिस गरेको हो ।

अर्यालको वैकल्पिकमा दिपकप्रसाद तिवारीको नाम राखेर आयोगले सिफारिस गरेको छ । स्वास्थ्य मन्त्रालयको  प्रस्तावअनुसार आगामी मन्त्रिपरिषद्को बैठक अर्याल सिफारिस भएको पदमा बढुवा नियुक्ति हुनेछिन् ।

स्वास्थ्य एघारौँ तहमा सिफारिस भएकाहरू

➡️यशोदा अर्याल – प्रमुख जनस्वास्थ्य प्रशासक

➡️संगिता श्रेष्ठ – प्रमुख अस्पताल नर्सिङ प्रशासक

➡️प्रबोध रेग्मी – प्रमुख मेडिकल सुपरिटेण्डेन्ट

➡️ज्योति आचार्य – प्रमुख मेडिकल ल्याब टेक्नोलोजिस्ट

➡️विष्णु गौतम – प्रमुख मेडिकल सुपरिटेण्डेन्ट

➡️बन्दना जोशी – प्रमुख कन्सलटेन्ट प्याथोलोजिस्ट

 

क्याटेगोरी : विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com