कांग्रेस महाधिवेशनका लागि पूर्व स्वास्थ्य राज्यमन्त्रीको २५ लाख सहयोग


काठमाडौं । नेपाली कांग्रेसको १४ औं  महाधिवेशनका लागि पूर्व स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले २५ लाख ‘चन्दा’ दिएका छन् । पूर्व राज्यमन्त्री श्रेष्ठसहित विनोद चौधरी र जीपछिरिङ लामाले २५-२५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको कांग्रेसको आर्थिक समिति जनाएको छ ।

नेताहरूले नै स्व-इच्छाले आर्थिक सहयोग दिएपछि अन्य व्यापारीसँग कांग्रेसले महाधिवेशनका लागि चन्दा नउठाउने आर्थिक समितिका एक सदस्यले स्वास्थ्य लाइभलाई बताए ।

 नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको नेतृत्वमा आर्थिक समिति बनेको छ । त्यो समितिमा रहेका प्रायजसो सदस्यले आर्थिक सहयोग उपलब्ध गराएको ती सदस्यको भनाइ छ । पूर्व अर्थमन्त्रीसमेत रहेका कार्कीलाई  कांग्रेस महाधिवेशनमा आर्थिक व्यवस्थापन गर्ने जिम्मा दिइएको हो ।

कांग्रेसको १४ औं महाधिवेशनको पूर्व सन्ध्यामा ७ करोड भन्दा बढी आर्थिक संकलन भएको छ ।

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com