स्वास्थ्य सामग्रीलगायत खरिदमा घोटालाको आशंकामा अख्तियारको छापा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सामग्रीलगायत खरिदमा घोटालाको आशंकामा भक्तपुरको चाँगुनारायणसहित तीनवटा नगरपालिकामा अख्तियारको छापा मारेको छ ।

अख्तियारले कोरोनाकालमा स्वास्थ्य सामग्री तथा राहत सामग्रीसहितका अन्य खरिद घोटाला भएको आशंकामा भक्तपुरको चाँगुनारायण सहित तीनवटा नगरपालिकामा छापा मारेको हो ।  भक्तपुरको चाँगुनारायण नगरपालिका, सुनसरीको भोक्राहा नगरपालिका र कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको कार्यालयबाट कागजात नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले स्वास्थ्य लाइभलाई बताए ।

५ लाख भन्दा बढी मूल्यका टुक्रे खरिदमा ती नगरपालिकामा व्यापक घोटाला गरिएको उजुरीका आधारमा महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता रिसालको भनाइ छ ।

अख्तियार पछिल्लो समय स्थानीय तहमा प्रवेश गर्ने तयारीमा जुटेको छ । त्यसको सुरुवात यी नगरपालिकाबाट गरिएको अख्तियारका ती अधिकारीले सुनाए । भक्तपुरमा मात्र होइन काठमाडौंका स्थानीय तह ( नगरपालिका)हरूमा पनि सुक्ष्म अध्ययन भइरहेको र उपयुक्त समयमा छापा हान्ने अख्तियार स्रोतको भनाइ छ ।

काठमाडौंका स्थानीय तहमा पनि ब्यापक भ्रष्टाचार भएको भन्ने प्रकृतिका उजुरी परेको अख्तियारले जानकारी दिएको छ ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com